Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुशासन शब्दमा मात्रै सिमति

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

दिनेश ठकुल्ला/फागुन ६, धनगढी । सुशासन तथा अनुगमन समितिले सुशासन शब्दमा मात्रै सिमति भएको जनाएको छ ।

सेवाग्राहीले प्रत्यक्ष सरोकार राख्ने निकायमा भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता कायमै रहेकाले सेवाग्राहीले सुशासनको प्रत्याभूति गर्न नसकेको जनाएको छ । आज धनगढीमा पत्रकारसग कुरा गर्दै ससदको सुशासन तथा अनुगमन समिति सभापति मोहन सिह राठौरले समिति आफै पिडित रहेको बताउनुभयो ।

सुशासन शब्दमा मात्रै सिमित हुदा आम नागरिकले सुशानको प्रत्याभूति गर्न नसकेको राठौरले बताउनुभयो । उहाँले मुलुकमा राजनीतिक परिवर्तन भएपनि सुशासन कायम हुन नसकेको जनाउनुभयो ।

सुशासन तथा अनुगमन समितिले पनि गनुपर्ने जति अनुगमन गर्न नसकेको बताउदै राठौरले अनुगमनलाई नियमित र प्रभावकारी बनाउन प्रदेश स्तरमा कार्यालय स्थापना गर्ने पक्रिया सुरु भएको बताउनुभयो । प्रत्देश स्तरमा कार्यालय स्थापना गरिएमा स्थलगत अनुगमन र भ्रष्टाचार केही नियन्त्रण गर्न सकिने राठौरको विश्वास छ ।