एलिसा बस्नेत/फागुन ७, प्यूठान । देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा आज प्युठान सहित देशभरी विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

एलिसा बस्नेत/फागुन ७, प्यूठान । देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा आज प्युठान सहित देशभरी विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएक"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस प्यूठानमा पनि मनाइयो

७ फाल्गुन २०७३, शनिबार १२:५२


एलिसा बस्नेत/फागुन ७, प्यूठान । देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा आज प्युठान सहित देशभरी विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ । 

एक सय चार वर्षीय राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई देशमा प्रजातन्त्र बहाली भएको सम्झनामा फागुन ७ गते प्रत्येक वर्ष प्रजातन्त्र दिवस मनाउने गरिन्छ । कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा शासक र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।

राष्ट्रिय प्रताजन्त्र दिबस मुल समारोह समिति प्युठानको  आयोजनामा भएको कार्यक्रममा  सहायक प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकाय, सरकारी कर्मचारी, राजनितिक दल, उद्योगी व्यवसायी पत्रकारहरु लगायतको सहभागिता रहेको थियो । 

दिवस समारोह का अध्यक्ष एवंम स्थानिय बिकास अधिकारी इन्द्र प्रसाद वस्याल, सहायक प्रमुख जिल्ला अधिकारी भुप बहादुर पुनको प्रमुख आतिथ्यतामा प्रजातन्त्र दिवस मनाईएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले सुशासन, शान्ति र सहमतिलाई आत्मसाथ गरी अगाडि बढ्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई मजबूत बनाउनु नै अहिलेको आबस्यकता भएको उनिहरुको भनाई छ । 

जिल्ला बिकास समिति प्युठानका सामाजिक बिकास अधिकृत चन्द्र जिसिको संचालनमा सुरुभएको कार्यक्रमको सहजिकरण मुल समारोहका अध्यक्ष तथा स्थानिय बिकास अधिकारी इन्द्र प्रसाद वस्यालले गर्नूभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य