एलिसा बस्नेत/फागुन ७, प्यूठान । देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा आज प्युठान सहित देशभरी विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

एलिसा बस्नेत/फागुन ७, प्यूठान । देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा आज प्युठान सहित देशभरी विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएक"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस प्यूठानमा पनि मनाइयो

२०७३, ७ फाल्गुन शनिबार १२:५२


एलिसा बस्नेत/फागुन ७, प्यूठान । देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा आज प्युठान सहित देशभरी विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ । 

एक सय चार वर्षीय राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई देशमा प्रजातन्त्र बहाली भएको सम्झनामा फागुन ७ गते प्रत्येक वर्ष प्रजातन्त्र दिवस मनाउने गरिन्छ । कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा शासक र नेपाली कांग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो ।

राष्ट्रिय प्रताजन्त्र दिबस मुल समारोह समिति प्युठानको  आयोजनामा भएको कार्यक्रममा  सहायक प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकाय, सरकारी कर्मचारी, राजनितिक दल, उद्योगी व्यवसायी पत्रकारहरु लगायतको सहभागिता रहेको थियो । 

दिवस समारोह का अध्यक्ष एवंम स्थानिय बिकास अधिकारी इन्द्र प्रसाद वस्याल, सहायक प्रमुख जिल्ला अधिकारी भुप बहादुर पुनको प्रमुख आतिथ्यतामा प्रजातन्त्र दिवस मनाईएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले सुशासन, शान्ति र सहमतिलाई आत्मसाथ गरी अगाडि बढ्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन् । संविधानको सफल कार्यान्वयन गरी राष्ट्रिय एकतालाई मजबूत बनाउनु नै अहिलेको आबस्यकता भएको उनिहरुको भनाई छ । 

जिल्ला बिकास समिति प्युठानका सामाजिक बिकास अधिकृत चन्द्र जिसिको संचालनमा सुरुभएको कार्यक्रमको सहजिकरण मुल समारोहका अध्यक्ष तथा स्थानिय बिकास अधिकारी इन्द्र प्रसाद वस्यालले गर्नूभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा