2026-09-19 12:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाजुराका जनता भवन निर्माण कार्यालयसँग असुन्तष्ट

फागुन ८, बाजुरा । सहरी तथा भवन निर्माण विभाग डिभिजन कार्यालय डोटीको कार्यशैलीप्रति बाजुराका सर्वसाधारणले असन्तुष्टि जनाएका छन् । 

भवन निर्माण डिभिजन कार्यालयले गर्ने कार्य सही नभएको भन्दै असन्तुष्ट जनाएका हुन् । उनीहरुले जिल्लाका सरकारी भवन निर्माणको कार्य मनोमानी रुपमा भइरहेकाले यसको केही सुनुवाइ नगरेको र जिल्लाको विभिन्न सरकारी कार्यालयका गाविसमा बन्दै गरेका भवनसमेत समयमै नसकिने गरेको भन्दै आपत्ति जनाएका छन् । 

जिल्लाका काँडा, डोगडीलगायतका गाविसमा निर्माण भएका स्वास्थ्य चौकीका भवन सात वर्ष बढी बितिसक्दा पनि अझै पूरा नभएको र अन्य जिल्लाको पानी निकास हुने ढलको मनोमानी रुपमा सर्भे गरी निर्माण कार्य थालेको भन्दै डिभिजन कार्यालय डोटीका प्रमुख झपडसिंह विश्वकर्मालाई गुनासो सुनाएका थिए । 

शनिबार जिल्लाको भवन निर्माण डिभिजन कार्यालय बाजुराका लागि आएका भवन निर्माण र लागतका बारेमा जानकारी गराउने उद्देश्यले गरिएको औपचारिक भेटघाट कार्यक्रममा जिल्लाको रकम सही सदुपयोग नहुनुका साथै समयमै भवन निर्माण नभएकोमा उद्योग वाणिज्य सङ्घ बाजुराका अध्यक्ष देवबहादुर रोकायाले गुनासो गर्नु भयो । 

भवन निर्माण डिभिजन प्रमुख झपडसिंह विश्वकर्माले बाजुराका लागि सहरी विकास भवन मर्मत सुधार कार्यक्रम, १०० जनता आवास कार्यक्रममा, भूकम्पीय जोखिम न्यूनीकरण कार्यक्रम सुरु हुने बताउनुभयो । 

विश्वकर्माले भन्नुभयो बाजुरामा आठ वटा भौतिक मर्मत कार्यक्रम सञ्चालन भइरहेका छन् , जिल्लामा नमुना एकीकृत बस्ती विकास कार्यक्रम, नयाँ निर्माण भएका नगरपालिका भवन निर्माण कार्यक्रम भइरहेका छन् । 

सदरमुकाम मार्तडीको पानी निकास हुने नहर र कोल्टी बजारका लागि नहर बनाउने ठेका भइसकेका छन् । जिल्ला अस्पतालमा भवन नहुँदा बिरामी सास्ती भोग्दै आएकोमा ५० श्ययाको भवन निर्माणका लागि छिटो पहल गर्न जिल्ला स्वास्थ्य कार्यालय बाजुराका डाक्टर मोहन नाथले माग गर्नुभयो । 

जिल्लामा आएको गत आवको रकम समेत सही सदुपयोग नभएको र जिल्लाको भवन निर्माणका लागि बनेको गुरुयोजना कार्यान्वयन नभएको पदम बडुवालले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई