२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

अवैधरुपमा लैजाँदै गरेको जडीबुटीसहित व्यापारी पक्राउ

२०७३, ९ फाल्गुन सोमबार ०७:२७

फागुन ९, जाजरकोट । अवैध रूपमा बिक्रीका लागि लैजाँदै गरेको दुई हजार किलो जडीबुटीसहित प्रहरीले तीन व्यापारीलाई पक्राउ गरेको छ । 

जिल्ला वन कार्यालयको छुट पुँर्जीबिना चोरी निकासी हुन लागेको चार ट्र्याक्टर जडीबुटीसहित हुम्ला, साँया–१ का जगत फडेरा, रोडीकोट–४ का मङ्गल बुढा र ८ का सन्तोष खत्री पक्राउ पर्नुका साथै उनीहरुको साथमा रहेको दुई हजार किलो तेजपात र २०० किलो पाखनबेद रग्दाको चौखा बजारबाट बरामद भएको हो । 

प्रहरीले उक्त जडीबुटी दल्लीस्थित इलाका वन कार्यालयलाई बुझाएको सहायक वन अधिकृत नेपाली साहले बताउनुभयो । अवैध रूपमा ट्र्याक्टरमा हाली जाजरकोटबाट नेपालगन्जतर्फ लैजान खोजिएको उक्त जडीबुटी निकासीसम्बन्धी कुनै पनि कागजात नभएकाले उनीहरुलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । 

पक्राउ परेका व्यापारीलाई हिरासतमा राखेर अनुसन्धान गरिएको र अनुसन्धानपछि वन ऐनअनुसार कारबाहीको प्रक्रिया अघि बढाइने जिल्ला वन कार्यालयले जनाएको छ । 

स्रोत साधन तथा जनशक्ति अभावमा जडीबुटी चोरी निकासी नियन्त्रण गर्न कठिन भएकोे जिल्ला वन अधिकृत उपेन्द्रप्रसाद पटेलले बताउनुभयो । चोरी निकासी हुने नाकामा पुग्न ३,४ दिन लाग्ने र नजिकमा रेन्ज पोस्ट पनि नहुँदा थप समस्या भएको उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी