फागुन १०, कैलाली | कैलालीको धनगढीमा अहिले रगत दिन हिच्किचाउने प्रवृत्ति बढेका कारण रगतको चरम अभाव भएको छ । 

रक्तसञ्चार केन्द्र धनगढीमा एक हप्तायता रगतको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १०, कैलाली | कैलालीको धनगढीमा अहिले रगत दिन हिच्किचाउने प्रवृत्ति बढेका कारण रगतको चरम अभाव भएको छ । 

रक्तसञ्चार केन्द्र धनगढीमा एक हप्तायता रगतको "/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

रक्तदान नगर्ने प्रवृत्तिले रगतको चरम अभाव

१० फाल्गुन २०७३, मंगलवार ०१:४१

फागुन १०, कैलाली | कैलालीको धनगढीमा अहिले रगत दिन हिच्किचाउने प्रवृत्ति बढेका कारण रगतको चरम अभाव भएको छ । 

रक्तसञ्चार केन्द्र धनगढीमा एक हप्तायता रगतको चरम अभाव भएको र अहिले कुनै पनि समूहको रगत मौज्दात नभएको रक्त सञ्चार केन्द्र, धनगढीले जनाएको छ । 

नेपाल रेडक्रस सोसाइटी मातहतको रक्तसञ्चार केन्द्र, धनगढीमा एक हप्तायता कुनै पनि समूहको रगत एक पोका पनि मौज्दात नरहेको रक्त सञ्चार केन्द्रका प्रमुख धरणीधर पन्तले बताउनुभएको छ । उहाँले रक्तसञ्चार केन्द्रले रगत दान गरेमा स्वास्थ्यमा कुनै असर पर्दैन भन्ने कुरा बुझाउन नसक्नु र नियमित रगत दान गर्ने व्यक्तिले निरन्तर रुपमा रक्तदान नगर्नुलगायतका कारणले रगतको अभाव भएको जानकारी दिनुभएको छ । 

मानव शरीरमा रगत निश्चित अनुपातमा हुने गर्दछ । पुरुषमा प्रतिकेजी ७६ मिलिलिटर र महिलामा प्रतिकेजी ६६ मिलिलिटर रगत हुन्छ । तर हरेक मानिसलाई प्रतिकेजी ५० मिलिलिटर रगत भए पर्याप्त हुन्छ । 

रक्तसञ्चार केन्द्रले गएको माघसम्म मात्रै गत आर्थिक वर्षको मौज्दात दुई पोका र यस आवमा दुई हजार २९५ गरी, दुई हजार २९७ पोका रगत वितरण गरेको छ । 

मानिसको शरीरमा बन्ने रगतको आयु १२० दिन मात्रै हुने भएकाले नियमित रगत दान गरेमा स्वास्थ्य झन् राम्रो हुने तथा फूर्ति आउने सेती अञ्चल अस्पतालमा कार्यरत डा गणेश सिंहले बताउनुभएको छ । 

स्वास्थ्यकर्मीको भनाइअनुसार एउटा स्वस्थ व्यक्तिले प्रतिकेजीमा आठ मिलिलिटर रगत दान गर्दा फरक पर्दैन । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन