फागुन ११, जाजरकोट । यहाँका ग्रामीण क्षेत्रका अधिकांश महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ । जिल्लाका विभिन्न ठाउँमा हुने शिविरमा उपचारका लागि आउने महिला "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ११, जाजरकोट । यहाँका ग्रामीण क्षेत्रका अधिकांश महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ । जिल्लाका विभिन्न ठाउँमा हुने शिविरमा उपचारका लागि आउने महिला "/>
2026-09-15 06:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

पुरुष डाक्टरसँग उपचारका लागि खुल्दैनन महिला

फागुन ११, जाजरकोट । यहाँका ग्रामीण क्षेत्रका अधिकांश महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ । जिल्लाका विभिन्न ठाउँमा हुने शिविरमा उपचारका लागि आउने महिला बिरामीहरुको उपचार गर्दा ७० प्रतिशतभन्दा बढी पाठेघर खस्ने रोग भएका महिला रहेको पाइएको छ ।

केही दिन अघि स्वास्थ्य चौकी लहँमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट सेवा लिएका महिलाहरुको ठूलो संख्याका महिलाले पाठेघर खस्ने समस्या भएका महिलाको सहभागिता रहेको चिकित्सक डा जानुका गैरेले जानकारी दिइन् । 

शिविरमा पाठेघरका बिरामी, रगत बग्ने, मुत्रनलीमा समस्या भएका, सेतोपानी बग्ने, इमिग्यास्टिक, महिनावारी नहुनेजस्ता बिरामी महिलाको सङ्ख्या धेरै भेटियो, डा गैरेले भनिन्, “यो डरलाग्दो अवस्था हो, यस्तो अवस्था अहिलेसम्म अन्य ठाउँमा देखिएको छैन ।”

जनचेतना अभावका कारण गरिने बालविवाह, कम उमेरमा बच्चाको आमा बन्ने, कम जन्मान्तरमा बच्चा जन्माउनुले महिलाहरुमा यस्तो डरलाग्दो समस्या देखा परेको डा जानुका गैरेको भनाई रहेको छ । गरिबीका कारण गर्भवती तथा सुत्केरी अवस्थामा गह्रौँ भारी बोक्नुपर्ने बाध्यताले पनि यस्ता रोग लाग्ने डा गैरेले जानकारी दिइन्। 

नेपाल रेडक्रस सोसाइटी, जाजरकोट शाखाको सामुुदायिक स्वास्थ्य र खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रमको आर्थिक सहयोग र क्षेत्रीय स्वास्थ्य कार्यालय, सुर्खेत तथा प्राथमिक स्वास्थ्य केन्द्र दल्लीको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन गरिएको थियो ।

स्वास्थ्य शिविरबाट २२५ जना महिलाले स्वास्थ्य जाँच गराएर निःशुल्क सेवा लिएको नेपाल रेडक्रस सोसाइटी, जाजरकोटको सामुुदायिक स्वास्थ्य र खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रम जिल्ला संयोजक छवि पन्तले जानकारी दिए। 

सेवा लिएका महिलाहरुमा लहँ–२ की ६६ वर्षीया तस्बीरा रावल, लहँ–४ की ६१ वर्षीया भक्की वली, लहँ–६ की ४५ वर्षीया नानकली वली र लहँकै ५२ वर्षीया मगी रावलको पाठेघरको शल्यक्रिया नै गर्नुपर्ने अन्तिम अवस्थाका बिरामी फेला परेको संयोजक पन्तले बताए। 

पन्तले दिएको जानकारीअनुसार ती चारजना महिलालाई नेपाल रेडक्रस सोसाइटी, जाजरकोटकै पहलमा यही फागुन १५ गतेदेखि रुकुमको चौरजहारीमा सञ्चालन हुन गइरहेको पाठेघरसम्बन्धी शल्यक्रिया शिविरमा शल्यक्रिया गरिने भएको छ ।

गत माघ २२ गते लहँ स्वास्थ्य चौकीमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा यौनाङगबाट रगत बग्ने चारजना, मुत्रनलिमा समस्या भएका ३२ जना तथा सेतोपानी बग्ने ३२ जना, इमिग्यास्टिक ४७ जना, महिनावारी नहुुने तीनजना, लुतो ३० जना, तल्लो पेट दुख्ने १० जना, आरइएमका नौजना, पेट दुुख्ने ३६ जना बिरामी फेला परेको संयोजक पन्तले जानकारी दिए। 

दुईसय २५ जना महिलाले निःशुल्क सेवा लिएको उक्त स्वास्थ्य शिविरमा २०७ जना महिला विभिन्न रोगका बिरामी रहेको नेपाल रेडक्रस सोसाइटी, जाजरकोट शाखाले जनाएको छ ।

गाउँका अधिकांश महिला पुरुष डाक्टरसँग खुलेर कुरा गर्न हिचकिचाउँदा रोगको उपचार गर्न समस्या हुने गरेको छ । ग्रामीण भेगमा स्वास्थ्य संस्थामा समेत एक्लै आउन लजाउने महिलाहरुले खुलेर आफ्नो समस्या स्वास्थ्यकर्मीसँग राख्न सकेका छैनन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ