2026-09-19 12:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

पोखराका पेट्रोलपम्पमा उपभोत्ताको लाइन

फागुन ११ , पोखरा |  ट्यांकर चालकको आन्दोलनका कारण पोखराका पम्पहरुमा पेट्रोलियम पदार्थ लिनेको भिड बढेको छ । विगतमा जस्तै पेट्रोलीयम पदार्थ अभाव हुने डरले उपभोक्ताहरु आवश्यकता भन्दा बढी तेल लिनका लागि पम्पमा जादाँ लाइन बढेको पेट्रोलियम ब्यबसायीहरुले बताएका छन्  ।

पोखरामा दैनिक १ लाख भन्दा बढी लिटर पेट्रोल र २ लाख लिटर भन्दा बढी डिजेलको दैनिक खपत हुदै आएको छ । ब्यबसायीहरुका अनुसार बुधबार १ लाख २० हजार लिटर पेट्रोल वितरण हुने बताए ।

तेल अभाव हुन्छ भन्ने डरले उपभोक्ताले आवश्यकता भन्दा बढी पेट्रोल संचित गर्दा बजारमा अभाव भएको उनिहरुको भनाई छ । पोखराका पेट्रोल पम्पमा पेट्रोल अभाव छ भने डिजेल भने केहि पम्पबाट विरतरण भएको छ ।

पेट्रोलियम ढुवानी बिनियमावलीमा संशोधन गरी अपचलनलाई न्यूनिकरण गर्नका लागि प्रतिस्पर्धात्मक वातावरणमा तेल ढुवानीको व्यवस्था मिलाउन नेपाल आयल निगमले तयारी गरे पनि अनैतिक र अवाच्छित दवाव दिन ट्यांकर व्यवसायी आन्दोलनमा छन् ।

केही चालक, व्यवसायीले तेल चोर्न नपाउँदा अत्यावश्यक वस्तुको रुपमा रहेको इन्धनको आपूर्ति व्यवस्थापनमा अवरोध सिर्जना हुने गरी हडतालका कार्यक्रम गरिनु अनुचित र गैरकानूनी कार्य भएको भन्दै उपभोक्ताहरुले विरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता