१७ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बर्दियाको भादा खोलामा झोलुङ्गे पुलको उद्घाटन

१२ फाल्गुन २०७३, बिहीबार ०७:२६

फागुन १२, बर्दिया । बर्दियाको धधवार गाविसस्थित बैदी गाउँमा रहेको भादा खोलामा नवनिर्मित झोलुङ्गे पुलको बुधबार उद्घाटन गरिएको छ । कुल ९१ मी लम्बाइ भएको झोलुङ्गे पुल विधिवत् रुपमा उद्घाटन गरिएको छ । 

एकहजार सातसय ५३ घरधुरी रहेको धधवारका वडा नं ४, ५ र ९ का गाउँ र श्री जनसेवा मावि तथा जनसेवा बहुमुखी क्याम्पस जोड्ने पुल नहुँदा बर्खायाममा स्थानीय तथा विद्यार्थीलाई निकै समस्या थियो । पुल निर्माण भएपछि सम्पूर्णमा खुसियाली छाएको छ । 

विशेषगरी विद्यालय जाने/आउने विद्यार्थीलाई झोलुङ्गे पुल नहँुदा समयमै विद्यालय आवतजावतमा निकै समस्या परेको थियो । एकसयभन्दा बढी विद्यार्थीले साइकल खोला पारि नै राख्ने गरेका थिए । पुल निर्माण भएपछि स–साना बालबालिकालाई पनि विद्यालय आउन÷जान सहज भएको अभिभावक बताउँछन् । 

पुल क्षेत्रगत कार्यक्रमको स्थानीयवासी योगदानअन्तर्गत जिविसबाट रु एकलाख ४७ हजार, गाविसबाट रु एकलाख ४७ हजार, ९८ हजार एकसय ३४ बराबरको समुदायको श्रमदान र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको केन्द्रीय योगदानबाट रु ४२ लाख ३३ हजार र वस्तुगत अनुदान दुईलाख ८० हजार गरी कुल ४९ लाख ६ हजार सातसय १० मा पुल निर्माण कार्य अवधिभन्दा चार महिनाअगावै सम्पन्न भएको छ । 

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर बिष्टको अध्यक्षतामा भएको पुलको उद्घाटन कार्यक्रममा प्रसिद्ध फेनापति मन्दिरका पुजारी गङ्गाराम उपाध्यायले मन्त्रोच्चारण गरी पुलको पूजापाठ गर्नुभएको भएको थियो भने बर्दिया क्षेत्र नं २ का सांसद सञ्जयकुमार गौतमले रिबन काटेर पुलको उद्घाटन गर्नुभएको थियो । 

कार्यक्रममा सांसद गौतमले पुल निर्माण कार्यमा सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गर्नुका साथै सबै एकजुट भएमा विकास तीव्र र दिगो हुने पनि बताउनुभयो । 

कार्यक्रममा विज्डम क्वालिटी बोर्डिंग स्कुलका प्रिन्सिपल तथा संस्थापक एवम् यस क्षेत्रका युवा समाजसेवी दीपक लम्सालले विकास निर्माणका कार्यमा युवाको सक्रियता अपरिहार्य रहेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चितवनको रत्ननगरमा गैँडाको आक्रमणबाट एकको मृत्यु, पाँच घाइते विदेश पठाउँछु भनेर २४ लाख ठगेको आरोपमा एक महिलासहित दुई जना पक्राउ प्रहरी हौँ भन्दै किशोरीको अपहरण, दुई जना पक्राउ इजरायलमा पहिलो चरणमा १ हजार केयर गिभर लैजान स्वास्थ्य परीक्षण सुरु सूर्यदर्शन सहकारी प्रकरण : पहिलो दिनको थुनछेक बहस सकियो आमाको शोकमा विक्षिप्त बनेकी छोरीको पनि मृत्यु नेपालमा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल परीक्षा बिग्रिएपछि एकै साथ तीन छात्राले गरे विष सेवन: एकको मृत्यु, २ जना घाइते आगामी निर्वाचनमा विप्लवको पार्टीले पनि भाग लिने, आयोगमा दल दर्ता गराउने निर्णय कांग्रेसको महाधिवेशन आम निर्वाचनपछि गर्नु उपयुक्त : शशांक कोइराला मोरङमा दाउरा लिन जंगल गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु मन्त्रिपरिषद्को बैठक बस्दै प्रदीप खड्का अभिनित चलचित्र ‘एक्टरः टेक वन’को पोस्टर सार्वजनिक सहकारी ठगी प्रकरणमा पक्राउ परेकाको बयान अन्तिम चरणमा, आजैबाट थुनछेक बहस २ लिटर पेट्रोलले केपी ओलीको आलोचना ! एसिया तथा इस्ट एसिया प्यासेफिक छनोट चरणमा‌ शीर्ष ३ मा परे नेपालले तेस्रो विश्व कप खेल्ने काठमाडौँमा मापसे गरी चलाएको तीव्र गतिको मोटरसाइकल बिजुलीको पोल ठोकिँदा एक युवकको मृत्यु काठमाडौँमा कोठाभित्र किशोरीको शव फेला: जबरजस्ती करणीपछि पोल खुल्ने डरले घाँटी थिचेर हत्या ओली प्रधानमन्त्री भए पनि नीतिगत निर्णय कांग्रेसले गरिरहेको छ: कृष्ण सिटौला श्रीमानसहित बाबुराम निवास पुगिन् रास्वपा सांसद सोविता गौतम