फागुन १२, काठमाडौं । वर्षेनी सयौं नेपाली युवा बैदेशिक रोजगारीका लागि यूएई र ओमान जान्छन् । म्यानपावर कम्पनी र रोजगारदाताबाट ठगिएर दुःख पाउने कामदारहरु नेपाली राजदूता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १२, काठमाडौं । वर्षेनी सयौं नेपाली युवा बैदेशिक रोजगारीका लागि यूएई र ओमान जान्छन् । म्यानपावर कम्पनी र रोजगारदाताबाट ठगिएर दुःख पाउने कामदारहरु नेपाली राजदूता"/>

2026-09-24 09:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओमान र यूएईका लागि सिफारिस राजदूत बैदेशिक रोजगारीका ‘ठग’ !

फागुन १२, काठमाडौं । वर्षेनी सयौं नेपाली युवा बैदेशिक रोजगारीका लागि यूएई र ओमान जान्छन् । म्यानपावर कम्पनी र रोजगारदाताबाट ठगिएर दुःख पाउने कामदारहरु नेपाली राजदूतावासलाई आफ्नो उद्धारकर्ता ठान्दै शरणमा पुग्छन् ।

तर विडम्बना भन्नुपर्छ, लाखौं नेपाली श्रमिकको उद्धारकर्ता र ती देशको सिस्टमसँग लडेर निमुखा मजदुरलाई न्याय दिलाउनुपर्ने राजदूत पदमा स्वयं बैदेशिक रोजगारीका ‘ठग’ आसिन हुने भएका छन् । सरकारले हालैमात्र ओमानका लागि नेपाली राजदूत सिफारिस गरिएकी शर्मिला पराजुली ढकाल र यूएईका लागि राजदूत बन्ने प्रतिक्षामा रहेकी आशा लामाको विवरण हेर्दा उनीहरु नेपाल सरकारका निकायबाट ‘ठग’ प्रमाणित भइसकेको फेला परेको रविन्द्र घिमिरेले अनलाइनखबरमा लेखेका छन ।

आशाबिरुद्ध रोजगार विभागमा उजुरीका चाङ

जब ट्रयाक रिक्रुटिङ म्यानपावरविरुद्ध बैदेशिक रोजगार विभागमा उजुरीको ठूलै चाङ छ । केही उजुरीको छानविनका क्रममा म्यानपावर दोषी ठहर भएर क्षतिपूर्ति समेत तिरिसकेको पाइएको छ ।

युएईबाट फर्किएर कृष्णप्रसाद अधिकारीले आफू ठगिएको भन्दै ९ पुस, २०६९ मा उजुरी दिएका थिए । यो उजुरीमाथि छानविनका क्रममा दोषीलाई कारबाही गरिएको र पीडित अधिकारीलाई ४ लाख ४० हजार रुपैयाँ फिर्ता गरिएको विभागको रिपोर्टमा नै उल्लेख छ ।

ट्रयाक रिक्रुटिङ त्यही म्यानपावर हो, जसको सञ्चालिका आशा लामा छिन् । केही दिनअघि उनको नाम राजदूतका लागि सिफारिस भएपछि भने कम्पनीको वेबसाइटबाट उनको नाम हटाइएको छ ।

आशाको ठगी कति ?

आशाले चलाएको जब ट्रयाक रिक्रुटिङ म्यानपावरविरुद्ध पीडितको तर्फबाट ठगीका २३ मुद्दा परेका छन् । जसमध्ये चार मुद्दामा म्यानपावर दोषी ठहर भएका छन् र पीडितलाई क्षतिपूर्ति समेत तिराइएको छ ।

अरु मुद्दामा पनि सफाइ पाएको छैन । अधिकांश उजुरी प्रक्रियामा नै छन् । ट्रयाक रिक्रुटिङले ठगेको भन्दै विभागमा परेका उजुरीहरुमा २० हजारदेखि ७ लाख ६० हजारसम्म फिर्ता गराइदिन माग गरिएको छ ।

युएईबाट फर्किएकाहरुको १२ र साउदीबाट फर्किएकाहरुको ७ वटा उजुरी आशाको म्यानपावरविरुद्ध छ । त्यस्तै कुवेतबाट फर्किएर सोही म्यानपावरले ठगेको भन्दै उजुरी दिनेको संख्या ३ छ ।

कल्याण कटुवालले १ लाख १० हजार, अजय तामाङ र विनोद सुनुवारले ९०/९० हजार, रोशनप्रसाद दाहालले १ लाख ४० हजार, सन्तोष गुरुङले २० हजार, सविता नेपालीले ५५ हजार, खम्बाबहादुर भुजेल र मधुकृष्ण नापितले १ लाख ५ हजार तथा रामबहादुर विकले ८२ हजार रुपैयाँ दावी गर्दै विभागमा उजुरी दिएका छन् ।

यसैगरी कृष्ण बहादुर थापा, हरि बहादुर थापा, दाजुवआनन्द थापामगर र शुवर्ण पाठकले ८०/८० हजार, कामना तामाङले ४ लाख ४० हजार, लालबहादुर निरौलाले ९० हजार, ताराकुमार तामाङ र तुलसी श्रेष्ठले १ लाख १० हजार, बिहारी मुखीया, रामअवतार साह र राम सुगारथले ७५/७५ हजार, दिनेश क्षत्रीले १ लाख, अक्कल बहादुर बिष्टले १ लाख २० हजार निमाछिरी शेर्पाले ९० हजार, जगत विकले १ लाख तथा बिजु मगरले १ लाख ११ हजार ४ सय रुपैयाँ दावी गर्दै विभागको ढोका ढकढक्याएका छन् ।

यसमध्ये १६ वटा उजुरी दर्ता गर्ने युवाले अझै क्षतिपूर्ति पाएका नै छैनन् । विभागले उजुरीविरुद्ध अनुसन्धान भइरहेको बताएको छ । ६ वटा उजुरीकर्तालाई भने यो म्यानपावरबाट विभागले क्षतिपूर्ति भराएको छ ।

म्यानपावरवाली अर्को महामहिम !

ओमानका लागि नेपालका लागि राजदूतमा सिफारिस भएकी शर्मिला पराजुली ढकालविरुद्ध पनि वैदेशिक रोजगारीमा उजुरीको ठूलै चाङ छ ।

ओली सरकारको पालामा राजदूत सिफारिस भए पनि उनको नाम फिर्ता लिइएको थियो । तर, प्रचण्ड सरकारले फोरम लोकतान्त्रिकको प्रस्तावमा उनलाई नै ओमानका लागि राजदूत सिफारिस गरेको छ ।

राजदूत सिफारिस प्रक्रिया सुरु हुनुअघिसम्म उनी फ्लोरिड ह्युमन रिसोर्सकी सञ्चालक थिइन् । अहिले भने यसलाई सो म्यानपावरको स्वामित्व परिवर्तन गरिएको छ ।

फ्लोरिड त्यही म्यानपावर हो, जसले आफूलाई ठगी गरेको भन्दै युएईबाट फर्किएर जनार्दन पौडेलले १२ वैशाख २०७१ मा विभागमा उजुरी दिएका थिए । छानविनका क्रममा शर्मिला पराजुलीको म्यानपावर दोषी देखिएको छ र, ३ लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति दिएको छ ।

शर्मिलाको ठगी फेहरिस्त

शर्मिला सञ्चालक रहेको फ्लोरिड म्यानपावरविरुद्ध उजुरीको सूची पनि छोटो छैन । फ्लोरिडविरुद्ध विभागका २४ वटा उजुरी दर्ता भएका छन् ।

फ्लोरिडले विदेश जाने युवासँग ७५ हजारदेखि ३ लाख ५० हजारससम्म ठगेको उजुरी विभागको रेकर्डमा छ । फ्लोरिडले पनि मलेसिया पठाउने बाहानामा सबैभन्दा धेरै युवालाई ठगेको छ ।

मलेसियाबाट फर्किएर फ्लोरिडविरुद्ध दायर गरिएको उजुरीको संख्या १२ छ । युएईबाट फर्किएर युवा तथा उनीहरुको समूहले ११ वटा उजुरी विभागमा दर्ता गराएका छन् । धेरै उजुरीलाई आपसी सहमतिमा रकम फिर्ता गराएर मिलाइएको विभागले बताएको छ ।

फ्लोरिडविरुद्ध विभागमा दिनेश कुमार नेपालीले १ लाख १२ हजार, यज्ञ केसीले ७६ हजार, लालु परियारले २ लाख ५० हजार, तुलसी कार्कीले ७५ हजार, हरिशरण चुवानले २ लाख ७० हजार, तिलबहादुर आलेले ३ लाख, रामकुमार महतोले १ लाख ५० हजार, देउली सुनार र कमला सम्बाहाम्फेले १ लाख ४ हजार, हेमकुमार लिम्बुले १ लाख ६५ हजार, बिमल रेग्मीले १ लाख ३० हजार, भुपाल राजले ३५ हजार, जमुना कँडेलले १ लाख २७ हजार र साइँला दनुवारले १ लाख ५० हजार ठगी गरेको दावी गरेका छन् ।

यसमध्ये ५ वटा उजुरीकर्ताले अझै ठगिएको रकमको क्षतिपूर्ति पाएका छैनन् । अन्यलाई भने म्यानपावरले आफूले ठगेको स्वीकार गर्दै रकम फिर्ता गरेको वैदेशिक रोजगार विभागको रेकर्डमा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी