दलसिंह गिरी/फागुन १२, कालिकोट । तत्कालिन सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं अहिलेका बर्तमान गृहमन्त्री विमलेन्द्र निधीद्धारा सिलान्यास गरिएको क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन १२, कालिकोट । तत्कालिन सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं अहिलेका बर्तमान गृहमन्त्री विमलेन्द्र निधीद्धारा सिलान्यास गरिएको क"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुलको खोजीमा कालिकोट स्थानीय वासी प्रशासन सम्म पुगे

१२ फाल्गुन २०७३, बिहीबार १३:१६


दलसिंह गिरी/फागुन १२, कालिकोट । तत्कालिन सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं अहिलेका बर्तमान गृहमन्त्री विमलेन्द्र निधीद्धारा सिलान्यास गरिएको कर्नाली नदीको पक्की पुलको खोजीमा कालिकोटवासी जिल्ला प्रशासन सम्म पुगेका छन्, । 

२०७१ सालमा तत्कालिन भौतिक पूर्बाधार तथा यातायात मन्त्री रहदा कालिकोटको खुलालु मै आई पक्की पुल निर्माणको लागि शिलान्यास गरिएको पुल ३ बर्ष वितिसक्दा पनि निर्माण कार्यको कुनै सुरसार नेदिए पछि कालिकोटवासी यसको अवस्थाबारे खोजी गरिदिन जिल्ला प्रशासन सम्म पुगेका हुन् ।


पुलको शिलान्यासको क्रममा कर्नालीवासी संग आफ्नो माया गासिएको बताउदै आउदो बैशाख भित्र गाडी गुडाउने प्रतिवद्धता गर्नु भएका तत्कालिनका यातायातमन्त्री हाल गृहमन्त्री भैसक्दा सम्म पनि सम्बन्धित निकायबाट यसको अवस्थाबारे कुनै सोधी खोजी नभएको भन्दै यसको खोजीका लागि जिल्ला प्रशासन मार्फत भौतिक पूर्बाधार तथा यातायात मन्त्रालय एवं गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन् ।

आफ्नै भूमीबाट ह्याईजहाज चढ्ने सपना बोक्दाबोक्दै ३१ बर्ष कुर्नु परेझै आफ्नै आगनबाट गाडी चढ्ने सपना पनि विमानस्थल निर्माणको जस्तै ब्यथा आइलाग्ने होकी भन्दै कर्नालीपारीका बासिन्दाहरुले चिन्ता ब्यक्त गरेका छन् । २ बर्ष पहिले नेपाली सेनाले हुम्ला कर्नालीको खुलालु–सिमिकोट खडक खण्ड निर्माणका लागि जिम्मा लिई काम तिब्र अगाडी बढाई रहेपनि हुम्ला कर्नालीको मुलद्धारको रुपमा रहेको पक्कीपुल निर्माणमा कोही कसैले चासो नदिएको भन्दै स्थानीय वासीहरु गुनासो पोख्न थालेका छन् ।


खुलालु पुलको निर्माणको लागि टेण्डर आह्वान गरी कन्काई नेपाल प्रगतिजेभीले तत्कालै निर्माण कार्यको जिम्मा लिए पनि तत्कालै करिव ५ प्रतिशत काम गरी त्यसपछि कुनै पनि काम अगाडी नबढेको बारयसोशियनका जिल्ला अध्यक्ष हिक्मत बहादुर बिष्टले बताउनु भएको छ । यहि बुधवार प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार खड्का मार्फत यातायात मन्त्रालयका लागि ज्ञापन पत्र बुझाउदै विष्टले पुल निर्माका लागि जिम्मा पाएको निर्माण कम्पनीको यथासिघ्र खोजी गरी पुल निर्माणका लागि कार्वाहि अगाडी बढाउन तथा अनुगमन गरिदिन जिल्ला प्रशासनलाई समेत आग्रह गर्नु भएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी खड्काले पुल निर्माणका लागि समुदायले गरेका गुनासाहरु सम्बोधनका लागि सम्बन्धित निकाय सम्म पुर्याउने प्रतिवद्धता गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य