१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

कास्कीका पत्रकारद्धारा केन्द्रीय सभासदको पुनःमतगणना गर्न माग

१२ फाल्गुन २०७३, बिहीबार १४:२९

फागुन १२, पोखरा  | नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ कास्की शाखाको फागुन ५ र ६ गते सम्पन्न दशौं अधिवेशन अन्र्तगत केन्द्रीय सभासद खुलातर्फको पुनःमतगणनाको माग गर्दै केन्द्रीय सभासदका ११ उमेदवारले निवेदन दिएका छन् । 

केन्द्रीय सभासद खुलातर्फको मतगणना र मत परिणाम आशंकित अस्वभाविक भएको भन्दै प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापामगरलाई र पत्रकार महासंघ केन्द्रका लागि केन्द्रीय सदस्य तथा प्रतिनीधि सुष्मा पौडेलमार्फत पुनःमतगणना गर्न निवदेन बुझाएका हुन् । 

पुनःमतगणनाका लागि केन्द्रीय सभासद खुला तर्फका उमेदवारहरु हुमबहादुर गुरुङ, सन्देश श्रेष्ठ, नारायण शाही, राम गुरुङ, ऋषिराम बराल, खेम सारु, ओमबहादुर हमाल, राजन उपाध्याय, केशव पाठक, लालप्रसाद शर्मा र घनश्याम पाण्डेले माग गरेका हुन् ।

मतगणनामा कुनै अन्यथा भएको छैन भन्ने प्रमाणित गर्नका लागि पनि हाम्रो निवेदनलाई सम्बोधन गर्दै केन्द्रीय सभासद खुलातर्फको पुनःमतगणना तत्काल गर्न निर्वाचन समिति र नेपाल पत्रकार महासंघ केन्द्र तयार हुनुपर्दछ निवेदक हुमबहादुर गुरुङको भनाई छ । आलटाल गर्न खोज्यो भने थप आशंका उत्पन्न हुने गुरुङले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर