दलसिंह गिरी/फागुन १२, कालिकोट । कारागारमा बन्दी जिबन विताईरहेका कैदी कोइराला र विष्ट कारागार भित्रै विवाह बन्दनमा बाधिएका छन् । 

जिल्ला काराग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन १२, कालिकोट । कारागारमा बन्दी जिबन विताईरहेका कैदी कोइराला र विष्ट कारागार भित्रै विवाह बन्दनमा बाधिएका छन् । 

जिल्ला काराग"/>

2026-10-31 08:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कारागारले जुराएको मायाले कारागार भित्रै विवाह बन्धनमा बाँधीदियो


दलसिंह गिरी/फागुन १२, कालिकोट । कारागारमा बन्दी जिबन विताईरहेका कैदी कोइराला र विष्ट कारागार भित्रै विवाह बन्दनमा बाधिएका छन् । 

जिल्ला कारागार कालिकोटमा कैदी जिबन विताईरहेका राचुली गाविस वडा नं. ९ का डिल्ली कोइराला र लालु गाविस वडा नं. ७ की मिम्कोशा विष्ट आज विहिवार बैबाहिक जिबनमा बाधिएका हुन् । 

३३ बर्षिया कोइराला आफ्नै पन्ती नन्दशोभा कोइरालाको  हत्या अभियोगमा २०६८ साल देखि कैदी जिबन विताएका छन् भने ३० बर्षिया विष्ट आफ्नै पती प्रेम पिष्टको हत्या अभियोगमा २०७२ साल देखि जेल जिबन विताईरहेकी छन् । जिल्ला कारागारका प्रमुख संजय महतोका अनुसार पत्नी हत्या अभियोगका कोइरालाले २०६८ साल साउन २९ गते पत्नीको हत्या गरेपछि जिल्ला अदालत कालिकोटको फैसला अनुसार भदौ २२ गतेबाट कैद भोगीरहेका छन् भने मिम्कोशाले २०७२ असोज १ गते आफ्नै पतीको हत्या अभियोगमा जिल्ला अदालतको फैसला अनुसार असोज १० गतेबाट कैद भोगीरहेकी छन् । 

बुहारी हत्या अभियोगमा मुछिएकी डिल्लीकी आमा रत्ना कोइरालाले मिम्शोभालाई बुहारी बनाउने कुरा चलाई दुबैलाई राजी बनाएपछि दुबै जना विवाह बन्धनमा बाधिएका हुन् । हत्या अभियोगमा जेलजिबन विताइरहेका कोइराला र विष्टको घटनाको प्रकृति एउटै रहेको र डिल्लीकी आमाले आफ्नो छोरा र विष्टलाई विवाह बन्धनमा बाधिन आग्रह गरेका कारण आफुहरु विवाह बन्धनमा बाधिएका नब विवाहीत जोडीले बताएका छन् । दुबैले आफ्नो कम्जोरी महसुस गर्दै भविश्यमा जेलबाट छुटी बाकी जिबन सुखमय विकल्पको रुपमा विवाह बन्धनमा बाधिएको बताएका छन् । 

कोइराला र विष्ट कारागार भित्रै विवाह बन्धनमा बाधिए पनि कानुनी रुपमा जेल सजाय पुरा नहुदा सम्म संगै हुन नपाउने कारागार प्रमुख संजय महतोले बताउनु भएको छ । हत्या अभियोगका कोइरालाले पाएको सात बर्षे कैद सजाय पुरा गर्न अझै ३ वर्ष बाकी रहेको र विष्टले पाएको ५ बर्षे कैद सजाय पुरा गर्न अझै ४ वर्ष बाकी रहेको महतोले बताउनु भएको छ । हत्या अभियोगका कोइरालाको पहिलेकी पत्नीबाट २ छोरा छन् भने विष्टका १ छोरा र ३ छोरी रहेका छन् । 

कारागार भित्रै भएको विवाह कार्यक्रममा पुजारी जयचन्द्र अधिकारीले विधिगत तरिकाले विवाह गराउनु भएको छ भने विवाहमा सहभागि मानव अधिकार नागरिक समाज, पत्रकार लगायतले दुबै कोइरलार विष्टको वैवाहिक सम्वन्ध दिर्घायु रहोस् भन्दै शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय