दलसिंह गिरी/फागुन १२, कालिकोट । कारागारमा बन्दी जिबन विताईरहेका कैदी कोइराला र विष्ट कारागार भित्रै विवाह बन्दनमा बाधिएका छन् । 

जिल्ला काराग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन १२, कालिकोट । कारागारमा बन्दी जिबन विताईरहेका कैदी कोइराला र विष्ट कारागार भित्रै विवाह बन्दनमा बाधिएका छन् । 

जिल्ला काराग"/>

2026-09-15 06:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कारागारले जुराएको मायाले कारागार भित्रै विवाह बन्धनमा बाँधीदियो


दलसिंह गिरी/फागुन १२, कालिकोट । कारागारमा बन्दी जिबन विताईरहेका कैदी कोइराला र विष्ट कारागार भित्रै विवाह बन्दनमा बाधिएका छन् । 

जिल्ला कारागार कालिकोटमा कैदी जिबन विताईरहेका राचुली गाविस वडा नं. ९ का डिल्ली कोइराला र लालु गाविस वडा नं. ७ की मिम्कोशा विष्ट आज विहिवार बैबाहिक जिबनमा बाधिएका हुन् । 

३३ बर्षिया कोइराला आफ्नै पन्ती नन्दशोभा कोइरालाको  हत्या अभियोगमा २०६८ साल देखि कैदी जिबन विताएका छन् भने ३० बर्षिया विष्ट आफ्नै पती प्रेम पिष्टको हत्या अभियोगमा २०७२ साल देखि जेल जिबन विताईरहेकी छन् । जिल्ला कारागारका प्रमुख संजय महतोका अनुसार पत्नी हत्या अभियोगका कोइरालाले २०६८ साल साउन २९ गते पत्नीको हत्या गरेपछि जिल्ला अदालत कालिकोटको फैसला अनुसार भदौ २२ गतेबाट कैद भोगीरहेका छन् भने मिम्कोशाले २०७२ असोज १ गते आफ्नै पतीको हत्या अभियोगमा जिल्ला अदालतको फैसला अनुसार असोज १० गतेबाट कैद भोगीरहेकी छन् । 

बुहारी हत्या अभियोगमा मुछिएकी डिल्लीकी आमा रत्ना कोइरालाले मिम्शोभालाई बुहारी बनाउने कुरा चलाई दुबैलाई राजी बनाएपछि दुबै जना विवाह बन्धनमा बाधिएका हुन् । हत्या अभियोगमा जेलजिबन विताइरहेका कोइराला र विष्टको घटनाको प्रकृति एउटै रहेको र डिल्लीकी आमाले आफ्नो छोरा र विष्टलाई विवाह बन्धनमा बाधिन आग्रह गरेका कारण आफुहरु विवाह बन्धनमा बाधिएका नब विवाहीत जोडीले बताएका छन् । दुबैले आफ्नो कम्जोरी महसुस गर्दै भविश्यमा जेलबाट छुटी बाकी जिबन सुखमय विकल्पको रुपमा विवाह बन्धनमा बाधिएको बताएका छन् । 

कोइराला र विष्ट कारागार भित्रै विवाह बन्धनमा बाधिए पनि कानुनी रुपमा जेल सजाय पुरा नहुदा सम्म संगै हुन नपाउने कारागार प्रमुख संजय महतोले बताउनु भएको छ । हत्या अभियोगका कोइरालाले पाएको सात बर्षे कैद सजाय पुरा गर्न अझै ३ वर्ष बाकी रहेको र विष्टले पाएको ५ बर्षे कैद सजाय पुरा गर्न अझै ४ वर्ष बाकी रहेको महतोले बताउनु भएको छ । हत्या अभियोगका कोइरालाको पहिलेकी पत्नीबाट २ छोरा छन् भने विष्टका १ छोरा र ३ छोरी रहेका छन् । 

कारागार भित्रै भएको विवाह कार्यक्रममा पुजारी जयचन्द्र अधिकारीले विधिगत तरिकाले विवाह गराउनु भएको छ भने विवाहमा सहभागि मानव अधिकार नागरिक समाज, पत्रकार लगायतले दुबै कोइरलार विष्टको वैवाहिक सम्वन्ध दिर्घायु रहोस् भन्दै शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ