फागुन १३, काठमाडौं | महानगरीय अपराध महाशाखाले ब्लु स्काई इन्टरनेसनलका सञ्चालक प्रेम कटुवाललाई पक्राउ गरको छ । 

महाशाखाका अनुसार कटुवालको माछापुच्छे बैंकक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १३, काठमाडौं | महानगरीय अपराध महाशाखाले ब्लु स्काई इन्टरनेसनलका सञ्चालक प्रेम कटुवाललाई पक्राउ गरको छ । 

महाशाखाका अनुसार कटुवालको माछापुच्छे बैंकक"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ब्लु स्काई म्यानपावर व्यवसायी कटुवाल पक्राउ

१३ फाल्गुन २०७३, शुक्रबार ०६:०३

फागुन १३, काठमाडौं | काठमाडौंको महाराजगन्ज चक्रपथमा रहेको ब्लु स्काइ म्यानपावरका संचालक प्रेम कटुवाल बिहिबार पक्राउ परेका छन् । उनीसँगै थप ३ जना पनि प्रहरी नियन्त्रणमा छन् ।

कटुवाललाई स्रोत नखुलेको २४ लाख रुपैयाँ बैंक खातामा भेटिएपछि महानगरीय अपराध महाशाखाको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । माछापुछ्रे बैंकमा रहेको उनको खातामा जम्मा भएको २४ लाख रुपैयाँको स्रोत नखुलेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले त्यस बिषयमा बिहिबारदेखीनै अनुसन्धान गरेको छ । ५० जना भन्दा बढी महिलाहरुसँग ठगी गरेको रकम उनको बैंक खातामा भेटिएको प्रहरी स्रोतले बतायो ।

कटुवाल नाम चलेका म्यानपावर व्यवसायी हुन्। उनी नेपाल वैदेशिक रोजगार ब्यवसायी संघको पूर्व अध्यक्षसमेत हुन्। सामाजिक संजाल फेसबुकबाट ठगिएकाहरु प्रहरीसमक्ष आएर उजुरी दिएपछि प्रहरीले ३ जना महिलालाई पक्राउ गरिसकेको छ । पक्राउ परेका महिलाहरुले आफूहरुले पाएको रकम कटुवालको खातामा जम्मा गरेको बताएपछि उनी प्रहरी फन्दामा परेका हुन्। फेसबुकको फेक आइडी बनाउने, महिला तथा युवतीहरुलाई रिक्वेष्ट पठाउने, साथी बनेपछि इमोसनल ब्ल्याकमेलिङ गर्ने गिरोहको कटुवाल सदस्य रहेको प्रहरीले बताएको छ।

कसरी जम्मा भयो २४ लाख ?

काठमाडौं बानेश्वरकी एक युवतीलाई बेलायती युवकको नामबाट फेसबुकमा रिक्वेष्ट आयो ।

पटक पटक रिक्वेष्ट आएपछि उनी साथी बनिन्।  लामो समयसम्म उनीहरुवीच च्याटमा उनीहरुको कुराकानी भयो । मैले तिमीलाई ५० हजार पाउण्डको उपहार पठाउन लागेको छुँ भन्दै ति बेलायती युवकले महिलाको ठेगाना मागे । सुरुमा त ति महिलाले पत्याइनन् । तर उपहारकै फोटो फेसबुकमा देखाएपछि उनले पत्याइन । बेलायतबाट उपहार पठाएको केहीदिनपछि ती युवतीलाई तपाईँको नामको उपहार दिल्लीमा आइपुगेको छ। यहाँ कर कार्यालयले समातेको छ। यहाँबाट छुटाउन २ लाख लाग्छ के गर्नुहुन्छ भनेर दिल्लीबाट फोन अाएको थियो । ५० हजार पाउण्डको उपहार किन छाड्ने भन्दै ति महिलाले २ लाख पठाएकी थिइन । तर रकम पठाएको महिनादिनसम्म पनि उपहार नआएपछि आफू ठगिएको महसुस गरि उनले प्रहरीमा उजुरी दिएकी थिइन ।

प्रहरीले अनुसन्धान गर्दै जादाँ ३ जना महिलाहरु समातिएका थिए । ती पक्राउ परेका महिलाहरुले कटुवालको खातामा रकम जम्मा गरिदिएको बताएपछि कटुवालको बैंक खाता चेक गर्दा सो रकम त्यहाँ फेला परेको हो । यसअघि पनि यस्तै गरी कटुवालको खातामा करोडभन्दा बढी जम्मा भइसकेको प्रहरीले दाबी गरेको छ। 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर