पढ्न करिब 1 मिनेट लाग्छ

फागुन १३, काठमाडौं । ऊर्जा मन्त्रालयले कर्णाली अंचलका सबै जिल्लामा बस्ने घर-परिवारलाई तिला जलविद्युत आयोजना-१ मा १/१ लाखको सेयर दिने निर्णय गरेको छ । ४ सय ४० मेगावाटको तिला जलविद्युत आयोजनालाई अघि बढाउने निर्णयसंगै ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले यस्तो निर्णय गरेका हुन् ।

निर्णय अनुसार कर्णाली जिल्लामा पर्ने हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटका सबै घर-परिवारले एक-एक लाख रुपैयाँको सेयर पाउने छन् । मन्त्री शर्माले गरेको निर्णयमा भनिएको छ, ‘तिला-१ मा सरकारले दश प्रतिशत सेयर लगानी गर्ने गरी सम्बन्धित डेभलपसँग समझदारीपत्रमा हस्ताक्षर गर्ने साथै कर्णालीका पाँचै जिल्लाहरूका प्रत्येक घरपरिवारबाट कम्तीमा एक/एक लाख ईक्विटी बराबरको सेयर लगानी गर्नेगरी डेभलपर सककग प्रतिवद्धता माग गरिनेछ ।’

कर्णालीका जनताको आय स्तर उकास्न निकै महत्वपूर्ण मानिने यो आयोजना अन्तर्गत १ लाखको सेयर हाल्न नसक्ने गरिव कर्णाली बासीलाई सरकारले नै सहुलियत दरमा ऋण उपलब्ध गराउने जनाएको छ । साथै किस्तामा पनि सेयर रकम दाखिला गर्न सक्ने नीति लिईएको छ ।

सरकारको १० प्रतिशत सेयर रहने तिला जलविद्युत आयोजना निर्माणको लागि करिव ६४ करोड अमेरिकी डलर खर्च हुने अनुमान छ । यो आयोजना निर्माण सुरु भएको ५ वर्षमा बनिसक्ने अनुमान छ ।