पूर्णबहादुर खड्का/फागुन १३, अछाम । नेपालका चार धाम मध्येको एक धाम अछामको बैद्यनाथ धाममा प्राथमिक उपचार तथा स्वास्थ्य शिक्षा कार्यक्रम आज सम्पन्न भएको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णबहादुर खड्का/फागुन १३, अछाम । नेपालका चार धाम मध्येको एक धाम अछामको बैद्यनाथ धाममा प्राथमिक उपचार तथा स्वास्थ्य शिक्षा कार्यक्रम आज सम्पन्न भएको छ ।&nb"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

बैद्यनाथधाममा स्वास्थ्य शिबिर सम्पन्न, शय बढीले सेवा लिए

१३ फाल्गुन २०७३, शुक्रबार १२:५२


पूर्णबहादुर खड्का/फागुन १३, अछाम । नेपालका चार धाम मध्येको एक धाम अछामको बैद्यनाथ धाममा प्राथमिक उपचार तथा स्वास्थ्य शिक्षा कार्यक्रम आज सम्पन्न भएको छ । 

महाशिबरात्री पर्वको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय अछाम, न्याय हेल्थ नेपाल बयालपाटा अस्पताल र जेसिज अछामको सयूक्त आयोजनामा उक्त कार्यक्रम गरिएको थियो ।

स्वास्थ्य शिबिरमा एक सय भन्दा बढीले प्राथमिक उपचार तथा स्वास्थ्य सल्लाह लिएका बयालपाटा अस्पतालका डाक्टर अबिशेष वाग्लले बताउनु भयो । 

शिबरात्रीको अवसरमा बैद्यनाथ धाममा आउने श्रद्धालुभक्तजनहरुलाई मध्यनजर गर्दै शिबिरको आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यलय अछामले जनाएको छ । मेलामा श्रद्धालुहरु लगायतको बाक्लो उपस्थिती हुने भएको त्यसलाई मध्यनजर प्राथमिक उपचारसंगै स्वास्थ्य शिक्षा शिबिरको आयोजना गरिएको बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर सन्तोष कुमार ढुंगानाले बताउनु भयो । 

यूवाहरुको नेतृत्व, व्यक्तीत्व विकासका साथै सामाजिक क्षेत्रमा पनि अछाम जेसिजले काम गर्दे आईरहेकोमा यसपटक जिल्लाका स्वास्थ्य संस्थासंग सहकार्य गर्दै शिबिर गरिएको जेसिज अछामका अध्यक्ष टिकेन्द्र भण्डारीले बताउनु भयो । आगामी दिनमा पनि जेसिज अछाम यस्तै विभिन्न सामाजिक अभियानका कार्यमा अग्रसर रहने समेत उहाँले बताउनु भयो । 

शिबिरमा बयालपाटा अस्पतालका, मडिकल निर्देशक, डाक्टर सन्तोष कुमार ढुंगाना, डाक्टर बिकाश गोचन, डाक्टर अबिशेष वाग्ले, एचए भुपेन्द्र अधिकारी, जिल्ला स्वास्थ्य कार्यालय अछामका हिमाल ढुंगाना, राजन तिमिल्सेना, लक्ष्मिीनारायण पोखरेल, लक्ष्मणनाथी योगी, जेसिज अछामका अध्यक्ष लगायत पदाधीकारी समेतको सहभागिता रहेको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर