पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>फागुन १५, लहान ।</b> पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको बडहरामाल– ५ मा ट्याक्टरबाट लडेर आज एक जनाको मृत्यु भएको छ । <br></p><p>मृत्युहुनेमा सिरहा मल्हनिया खोरी पिडारी– २ का नीतकुमार कापर रहेका छन् । स १ त १८१६ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा सिरहाको कर्जनास्थित अस्पतालमा आज बिहान ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । रासस </p>

