फागुन १५, काठमाडौं | नेपाली कामदारको हितका लागि नेपालले लामो समयदेखि प्राथमिकतामा राखेको अतिरिक्त शुल्कको विषय टुंगिएपछि अब नेपालबाट मलेसिया जाँदा लाग्ने सबै शुल्क रोजगारदा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १५, काठमाडौं | नेपाली कामदारको हितका लागि नेपालले लामो समयदेखि प्राथमिकतामा राखेको अतिरिक्त शुल्कको विषय टुंगिएपछि अब नेपालबाट मलेसिया जाँदा लाग्ने सबै शुल्क रोजगारदा"/>
२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब नेपालबाट मलेसिया जाँदा लाग्ने सबै शुल्क रोजगारदाता कम्पनीले नै बेहोर्ने

१५ फाल्गुन २०७३, आईतवार १२:१३

फागुन १५, काठमाडौं | नेपाली कामदारको हितका लागि नेपालले लामो समयदेखि प्राथमिकतामा राखेको अतिरिक्त शुल्कको विषय टुंगिएपछि अब नेपालबाट मलेसिया जाँदा लाग्ने सबै शुल्क रोजगारदाता कम्पनीले नै बेहोर्ने सहमति भएको छ । 

मलेसिया जाने नेपाली कामदारले हालसम्म स्वास्थ्य परीक्षण लगायत रकम सहित १५ हजारभन्दा बढी रकम तिर्दै आएका छन् । तर मलेसिया जाने कामदारले अब स्वास्थ्य परीक्षणका लागि बायोमेडिकल बापतको रकम बाहेक कुनैपनि नाममा पैसा तिर्नु पर्दैन । म्यानपावरले कामदारसँग भिषा अगावै बिभिन्न बहानामा पैसा अशुल्ने गरेकोमा अब भने म्यानपावरलाई पनि रोजगारदाताले नै पैसा दिने भएपछी कामदारसँग कम पैसा अशुल्ने विश्वास गरिएको छ । 

सरकारले यो बिषयमा हस्ताक्षर गरिसकेको भएपनि कार्यान्वयन हुन अझै केहि समय लाग्ने बताइएको छ । मन्त्रालयका अनुसार नेपाली कामदारको हितका लागि नेपाल सरकारले राखेको अधिकांश विषयमा अझै पनि मलेसिया सहमत देखिएको छैन । 

त्यस्तै मलेसिया जाने कामदारको एकतर्फी हवाई टिकट र काम गर्ने अवधि ‘वर्किङ आवर’को बीमा उपलब्ध गराउने विषयमा मलेसियाले सहमति जनाए पनि दोहोरो निशुल्क टिकटको लागि सहमति भएको छैन । 


बैदेशिक रोजगार:

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान