दलसिंह गिरी/फागुन १६, कालिकोट । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनका लागि तय गरिएको मिति नजिकिद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन १६, कालिकोट । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनका लागि तय गरिएको मिति नजिकिद"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालिकोटमा विद्यार्थीबीच दोहोरो झडप, कैयौं विद्यार्थी घाइते

१६ फाल्गुन २०७३, सोमबार ०९:२५


दलसिंह गिरी/फागुन १६, कालिकोट । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनका लागि तय गरिएको मिति नजिकिदै गर्दा कालिकोटमा भने स्ववियु निर्वाचनको बिषयलाई लिएर विद्यार्थी संगठन विच त्रिपक्षिय झडप भएको छ ।

 त्रिभुवन विश्व विद्यालयबाट सम्बोधन प्राप्त कालिकोटका ४ वटा क्याम्पस मध्य कोटवाडामा रहेको नन्दादेवी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि दर्ता भएका २ वटा प्यानल मध्य एउटा प्यानलको प्रक्रिया नपुगेको भन्दै क्याम्पस प्रशासन र स्ववियु निर्वाचन टोलीले खारेज गरे संगै एमाले सम्बद्ध अनेरास्ववियु र नेपाली कांग्रेस सम्बद्ध नेविसंघका विद्यार्थीहरुले स्ववियु निर्वाचन अधिकृत लाई कालोमोसो दल्ने प्रयास गरेपछि दोहोरो झडप भएको हो ।

स्ववियु निर्वाचनका लागि नन्दादेवी क्याम्पसमा दर्ता भएका २ वटा प्यानल अनेरास्ववियु क्रान्तिकारी र अनेरास्वविय, नेविसंघको संयुक्त प्लानलमा निर्वाचन तयारी पूर्ब गरिने उम्मेदवारीको दाबी विरोधकोक्रममा संयुक्त प्यानलबाट सभापति उम्मेदार नेविसंघका मानबहादुर बिष्टको सटिफिकेट जन्म मिति फरक भएकाले यसलाई सच्याउन समय सिमा निर्धाण गर्दा पनि कुनै प्रक्रिया अगाडी नबढाएको भन्दै निर्वाचन टोलीले संयुक्त प्यानलको उम्मेदवारी दर्ता खारेज गरेको विषयलाई लिएर अनेरास्वीयु क्रान्तिकारी र नेविसंघ अनेरास्ववियु विच दोहोरो झडप भएको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नजिकै दोहोरो झडप हुदा धेरै विद्यार्थीहरु घाईते भएका छन् । भने प्रहरी प्रशासनले झडप नियन्त्रणमा लिन हम्मेहम्मे भएको छ । दुई दिन अगाडी नै आफ्नो ब्यक्तिगत कामका शिलशिलामा जिल्ला सदरमुकाम मान्म आएका नन्दादेवी बहुमुखी क्याम्पसका स्ववियु निर्वाचन अधिकृत एवं नन्दादेवी बहुमुखी क्याम्पसका प्रमुख रत्नसिंह साउदलाई नेविसंघका विद्यार्थीहरुले सार्वजनिक स्थलमै कालो मोसो दल्ने प्रयास गरेपछि दोहोरो झडप सुरु भएको हो । 

स्ववियुको निर्वाचन समय अगाबै क्याम्पस प्रशासनले सड्यन्त्र पूर्वक उम्मेदवारी खारेज गरेको भन्दै नेविसंघका र अनेरास्वीयुका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् भने स्ववियु निर्वाचन अधिकृतलाई कालोमोसो दल्न प्रयास गर्ने विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

यता अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरुले कानुनी प्रक्रिया विपरित निर्वाचन अधिकृत माथि नै सांघातिक आक्रमण भएको भन्दै आक्रमण गर्ने ब्यक्तिलाई कडाभन्दा कडा बार्वाहिका लागि विरोधमा उत्रिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर