2026-07-26 01:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियाले तीन गुणा बढायो नेपाली कामदारको माग

फागुन १६, काठमाडौं । दक्षिण कोरियाले आगामी वर्षका लागि नेपाली कामदारको कोटा अहिलेको भन्दा झन्डै तीन गुणा भन्दा बढी बढाएको छ । यस वर्ष ३ हजार १ सय कामदार लिएको कारियाले सन् २०१८ मा १० हजार २ सय नेपाली लाने भएको हो ।

नयाँ माग हुने १० हजार २ सय मध्ये ६ हजार २ सय कृषि क्षेत्रमा र ४ हजार औद्योगिक क्षेत्रमा लाने भएको हो । इपिएस कोरिया शाखाका निर्देशक बावुराम खतिवडाका अनुसार नेपाली कामदार इमान्दार र मेहनती भएका कारण कोरियन साहुको रोजाइमा परेका हुन् । यस वर्षका लागि भने अहिले सम्म २ हजारको लेवर कन्ट्रयाक आएको छ । 

रोजगार अनुमति प्रणाली (इपीएस) अन्तरगत सन् २०१८ को कोरियन भाषा परीक्षाको फारम अनलाइनबाटै चैत ९ गतेदेखि १८ गतेसम्म खुला हुनेछ । 

खुसीको खबर के पनि छ भने अब कोरिया जानको लागि आवेदन दिन लाइन बसेर सांस्ती हुँदैन । किनभने यो बर्षदेखि आवेदकले घरमै बसेर आवेदन फारम भर्न सक्नेछन । यस अघि कोरियाको फराम भर्न दिनैभर र रातभर लाइन बस्नु पर्ने बाध्यता थियो । 

कोरियाको लागि आवेदन दिनको लागि पहिले जस्तो लाइनमा बस्नु पर्दैन साथै आवेदनको लागि तोकिएको शुल्क बैंकमा फर्म भर्नु अगावै बुझाउनु पर्छ । बैंकबाट रकम जम्मा गरेपछि एउटा कोड पाइन्छ र त्यहि कोड फर्म भर्दा राखेपछि मात्रै अनलाइन फारम ‘सब्मिट’ हुन्छ । साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) पनि फारम भर्दा अनिवार्य चाहिन्छ ।

जेठको अन्तिम सातामा हुने इपीएस परीक्षामा आवेदकहरुले परिक्षा दिए पश्चात पुरानै तरिकाले कोरियाले कामदार छनौट गरेर लानेछ । नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । 

यो पनि पढ्नुहोस 

>> अन्तर्वार्तामा कस्ता प्रश्न सोधिन्छन ? 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ