दलसिंह गिरी/फागुन १७, कालिकोट । जिल्लाका सुख्खा क्षेत्रमा रहेका बासिन्दाहरुलाई लिफ्ट प्रविधिमार्फत भएपनि पानीको पहुँचमा ल्याउने खानेपानी तथा सरसफाई मन्त्री "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/फागुन १७, कालिकोट । जिल्लाका सुख्खा क्षेत्रमा रहेका बासिन्दाहरुलाई लिफ्ट प्रविधिमार्फत भएपनि पानीको पहुँचमा ल्याउने खानेपानी तथा सरसफाई मन्त्री "/>

2026-10-31 07:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कालिकोटमा लिफ्ट प्रविधिमार्फत पानी आपुर्ति गर्ने मन्त्रि सिंहको प्रतिवद्धता


दलसिंह गिरी/फागुन १७, कालिकोट । जिल्लाका सुख्खा क्षेत्रमा रहेका बासिन्दाहरुलाई लिफ्ट प्रविधिमार्फत भएपनि पानीको पहुँचमा ल्याउने खानेपानी तथा सरसफाई मन्त्री प्रेम बहादुर सिंहले प्रतिवद्धता गर्नु भएको छ । 

कालिकोटका खिन, धौलागोह, जस्ता सुख्खा क्षेत्रका बासिन्दाहरुलाई प्रयाप्त पानीको पहुँचमा पुर्याउन नदिको पानीलाई लिफ्ट प्रविधिका लागि योजना अगाडी बढाईने भन्दै यस्तो प्रतिवद्धता गर्नु भएको हो ।

खानेपानी तथा सरसफाई मन्त्री सिंहले आज विहान रिपोटर्स क्लव शाखा कालिकोटले आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै कालिकोटको भुभाग शुस्क र अर्ध सुस्क भूभाग भएकाले सबै क्षेत्रमा प्रयाप्त पानीको श्रोत नभएकाले आफु मन्त्रालयमा रहे सम्म कालिकोटमा पानी श्रोतको ब्यवस्थापनका लागि कस्तो कदम चाल्न पर्नेहो उक्त कदम चाल्न आफु तयार रहेको तर यसलाई समयमै योजना सम्पन्न तथा कार्यान्वयन गराउन कालिकोटे जनताको पहिलो भूमिका रहेको बताउनु भएको छ ।

अधिल्लो पटक मन्त्रिहुदा समेत कालिकोटमा खानेपानी तथा सरसफाई सम्बन्धि थुप्रै आयोजनाहरुको खाका तयार पारी प्रयाप्त बजेट ब्यवस्थापन गरेपनि ६० प्रतिशत भन्दा बढी कामहुन नसकि बजेट फ्रिज जाने अवस्था आएकाले अब आफ्नो योजनामा आफै जुटौं अभियान कालिकोटे जनताले थाल्यौं भने एक दुई बर्षभित्रै कालिकोट पूर्ण खानेपानीको पहुँचमा रहेको जिल्लाको रुपमा घोषणा गर्न सकिने ठोकुवा गर्नु भएको छ ।

यसका लागि जिल्लाका सम्पूर्ण सरोकारवाला निकायहरुले प्राथमिकताका आधारमा अल्पकालिन र दिर्धकालिन नीतिगत योजनाहरु तयार पारी मन्त्रालयसम्म पुगाउन सक्नुभयो भने त्यसपछिको बाकी काम मन्त्रालयको नियम र पद्धति अनुसार अगाडी बढाउन आफु प्रतिवद्ध रहेको बताउनु भएको छ ।

रिपोटर्स क्लवका अध्यक्ष लंकराज धमालाको अध्यक्षता खानेपानी मन्त्रि प्रेम सिंहको प्रमुख आथित्यतामा आयोजित साक्षत्कार कार्यक्रममा विभिन्न राष्ट्रिय तथा स्थानीय मिडियाका पत्रकार, सजपाका केन्द्रिय तथा जिल्ला स्तरीय पार्टी प्रतिनिधि लगायतको उपस्थिति रहेको छ । मन्त्रि सिंह खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको जिल्ला सम्मेलन उद्घाटनको शिलशिलामा कालिकोट आउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय