२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

आनन्द ज्योति उमाविको ४४औ बार्षिकोत्सव सम्पन्न

१७ फाल्गुन २०७३, मंगलवार १५:००


लेखनाथ , फाल्गुन १७ । लेखनाथ १० बेगनासमा रहेको आनन्द ज्योति उच्च माविको ४४ औ बार्षिकोत्सब, अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार बिद्यालयले एक कार्यक्रमको आयोजना गरि बार्षिकोत्सब , अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोेल्दै प्रमुख अतिथि सांसद यज्ञ बहादुर थापाले विद्यार्थी भनेको भविष्यका कर्णदार भएकाले विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए । सांसद थापाले विद्यालय शाान्ति क्षेत्र भएको बताउदै शैक्षिक क्षेत्रमा हुने गरेको अति राजनितीको अन्त्य गर्न जरुरी रहेको बताए ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोकर्ण तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कन्चन नेपालका कार्यक्रम प्रमुख निर्मल अधिकारी, नेपाली काङ्ग्रेस लेखनाथ नगर कमिटीका सचिब धुर्व अधिकारी, नेकपा एमाले लेखनाथ नगर कमिटीका सचिब मोहन गुरुङ , नेकपा एमाले लेखनाथ १० का अध्यक्षका गणेश बहादुर थापा, नेकपा माओवादी केन्द्रका प्रेम सुनार, राप्रपाका प्रकाश सपकोटा, जिल्ला शिक्षा कार्यलयका प्रतिनिधी बिष्णु प्रसाद तिवारी बिद्यालयका भुपु प्रध्यानाध्यापक फणिन्द्र मोहन शर्मा, पुराना बामपन्थी नेता देबीदत्त तिवारी, भुपु शिक्षक कमला थापा, विद्यालय ब्यबस्थापन समितिका भुपु सदस्यहरु भुपेन्द्र बहादुर रानाभाट, शोभाखर पाण्डे , शिक्षक सत्यराज कडेल लगायतले बोलेका थिए ।

कार्यक्रमको संचालन शिक्षक तारानाथ लामिछानेले गरेका थिए भने विद्यालयका प्रध्यानाध्यापक शुक्रराज अधिकारीले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा कक्षा १ देखि कक्षा १२ सम्मका शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृृष्ट विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो । साथै विभिन्न शिर्षकमा स्थापना भएको अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृति समेत प्रदान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालयमा २० शिक्षक शिक्षिका कार्यरत रहेको र  करिब २६० विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रध्यानाध्यापक शुक्रराज अधिकारीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो