सन्तोषकुमार गुप्ता | फागुन १८, देउखुरी | देउखुरीको लमहीमा बुधवार देखि मालपोत र नापी कार्यालयले सेवा सुरु गरेका छन् । देउखुरीका नागरिकहरुले जग्गा सम्वन्धि काम लिए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता | फागुन १८, देउखुरी | देउखुरीको लमहीमा बुधवार देखि मालपोत र नापी कार्यालयले सेवा सुरु गरेका छन् । देउखुरीका नागरिकहरुले जग्गा सम्वन्धि काम लिए"/>
2026-09-19 08:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देउखुरीको लमहीमा मालपोत र नापी कार्यालयको सेवा सुरु

सन्तोषकुमार गुप्ता | फागुन १८, देउखुरी | देउखुरीको लमहीमा बुधवार देखि मालपोत र नापी कार्यालयले सेवा सुरु गरेका छन् । देउखुरीका नागरिकहरुले जग्गा सम्वन्धि काम लिएर घोराही जानु पर्ने वाध्यता हटेको हो । लमहीमा मालपोत र नापी कार्यालयले आफ्नो सेवा सुभारम्भ गरेपछी सेवाग्राहीलाई जग्गा सम्वीन्ध काम गर्न सजिलो भएको हो ।

नेपाल सरकार भुमिसुधार तथा ब्यवस्था मन्त्रालयले लमहीमा मालपोत र नापी कार्यालय स्थापना गर्ने २०७२ असोज १४ गते निर्णय गरेको थियो । सोही निर्णय अनुसार लमहीमा मालपोत र नापी कार्यालय स्थापना भएको हो । मालपोत कार्यालय वाट रजिष्टेसन पास, नाम सारी, घर कायम, श्रेष्ता कायम, क्षेत्रफल संसोधन गर्ने, मोठ भिडाउने, रोक्का गर्ने, फुकुवा गर्ने लगाएतका काम सुरु भएको छ । लमही नगरपालिका वडा नं. ११ निवासी दुखीराम चौधरी र सोही ठाउँ निवासी पुष्पा चौधरी पहिलो सेवाग्राही वन्न सफल भएका छन । दुवैजनालाई कार्यक्रममा सम्मान गरिएको छ ।

मालपोत र नापी कार्यालयको उद्घाटन नेपाल सरकार भुमिसुधार तथा ब्यवस्था मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले गरे । कार्यालयको उद्घाटन गर्दै देवकोटाले गुनासो रहीत सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिए । कार्यालय उद्घाटन कार्यक्रममा नापी विभागका महानिर्देशक कृष्णराज विसीले सेवाग्राहीलाई घरदैलोमा सेवा प्रवाह गर्न मालपोत र नापी कार्यालयको स्थापना भएको वताए ।

नापी कार्यालयल मार्फत टोकन प्रणालीवाट सेवा प्रवाह गर्न, डिजीटल प्रविधिवाट काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । मालपोत कार्यालय लमहीका प्रमुख मालपोत अधिकृत कृष्ण प्रसाद खरेलको अध्यक्षता एवम् भुमिसुधार तथा ब्यवस्था मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाको प्रमुखआतिथ्यमा सम्पन्न कार्यालयमा दाङका सहायक प्रमुख जिल्ला अधिकारी गणेश कुमार आचार्य लगाएतका वक्ताहरुले मन्तब्य ब्यक्त गरेका थिए । नापी कार्यालय लमहीका प्रमुख कृष्णप्रसाद अधिकारीको स्वागत मन्तब्य वाट सुरु भएको कार्यक्रमको सञ्चालन नापी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो