2026-09-24 09:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियाद्वारा बिदेशी कामदारबाट २०% सम्म तलब कटौती गर्ने घोषणा

फागुन १९, काठमाडौं | कोरियाले रोजगार अनुमति प्रणाली इपिएस मार्फत कोरियामा रोजगारी गर्न आउने विदेशी कामदारलाई लक्षित गरी नयाँ निर्देशिका जारी गरेको छ । कामदारले मासिक रुपमा पाउने पारिश्रमिकको बीस प्रतिशत सम्म कटौति सम्बन्धीत कम्पनीले गर्न सक्ने प्रावधान सहित नयाँ निर्देशिका जारी भएको हो ।

सरकारले जारी गरेको नयाँ निर्देशिका अनुसार कम्पनीले खाना र आवास दिए बापत् कामदारको नियमित तलबबाट बीस प्रतिशत सम्म रकम कटौति गर्न सक्नेछन् । श्रम मन्त्रालयको मानव संशाधन विभाग एचआरडीले इपिएस कामदार ल्याउने मुलुकमा नयाँ श्रम सम्झौता गर्दा नियमित तलबबाट खाना र बस्नका लागि भनेर बीस प्रतिशत रकम काट्न सकिने प्रावधान सहितको बुदाँ उल्लेख गरेर पठाउने तयारी समेत गरेको छ । यस अघि अधिकांश कम्पनीहरुले कामदारलाई निशुल्क खाना र बस्नको सुविधा दिदै आएका छन् भने केहि कम्पनीले खाना र आवासको केहि रकम तलबबाट काट्ने गरेका छन् ।

नयाँ निर्देशिकापछी कोरिया जाने नेपाली सहित बिभिन्न देशका कामदारहरुको तलबबाट कम्पनीले रकम काट्न प्रोत्साहन गरेको छ । नयाँ निर्देशिका संगै कोरिया जाने बिदेशी कामदारलाई अधिकांश कम्पनीले निशुल्क दिंदै आएका आवास तथा खानाको लागि तलबबाटै रकम कटौती हुनेछ । निर्देशिकाले बिदेशी कामदारलाई लक्षित गरेको हुनाले कोरियाको आफ्नै नागरिकलाई यो नियम लागु हुँदैन । कोरियाले आफ्ना नागरिकलाई खाना र आवास निशुल्क रुपमा सुविधा दिंदै आएका छन् । 

कोरियामा हाल बीस लाख हाराहारीमा विदेशी कामदार कार्यरत छन् । जसमा इपिएस मार्फत रोजगारीका लागि कोरिया आउने नेपालीको संख्या झण्डै चालीस हजार रहेको बताइन्छ । त्यसैगरी कोरिया सरकारले आगामी वर्षका लागि नेपालबाट दश हजार भन्दा बढि नेपाली कामदार ल्याउन कोटा निर्धारण गरेको छ । नयाँ निर्देशिकाले एक लाख पचास हजार भन्दा बढि कमाउने आशामा रहेका कामदारलाई पनि प्रत्यक्ष असर गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी