सास । फागुन २१, बर्दिया । 

आवश्यक तयारी पूरा नभएको भन्दै एक हप्ता पर सार्नको लागि केन्द्रलाई अनुरोध गरिएको अवस्थामा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष, कोषाध्यक्ष तथा शाखाले तोकेको निर्वाचन समितका सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । फागुन २१, बर्दिया । 

आवश्यक तयारी पूरा नभएको भन्दै एक हप्ता पर सार्नको लागि केन्द्रलाई अनुरोध गरिएको अवस्थामा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष, कोषाध्यक्ष तथा शाखाले तोकेको निर्वाचन समितका सं"/>

२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

पत्रकार महासंघ बर्दियाको अधिवेशन भ्रम मात्र: चौतारी

२०७३, २१ फाल्गुन शनिबार १२:०९

सास । फागुन २१, बर्दिया । आवश्यक तयारी पूरा नभएको भन्दै एक हप्ता पर सार्नको लागि केन्द्रलाई अनुरोध गरिएको अवस्थामा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष, कोषाध्यक्ष तथा शाखाले तोकेको निर्वाचन समितका संयोजक वालकृष्ण वली लगायतको अनुपस्थितिमा ११औं अधिवेशन भएको र चयन गरिएको कार्यसमिति भ्रमपूर्ण भएको भन्दै प्रेस चौतारी बर्दियाले प्रेस विज्ञप्ति जारी गरेको छ । 

प्रेस विज्ञप्ति ….

चौतारीका अध्यक्ष डिलप्रकाश गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोही कुनै व्यक्ति वा संगठनको जोरजवरजस्ती तथा हर्कतबाट अधिवेशन सम्पन्न भएको भनी सामाजिक सञ्जालमा आएको समाचारमा कुनै सत्यता नभएको कुरा उल्लेख गर्दै पत्रकार महासंघ जिल्ला शाखा र केन्द्रिय समितसँग जोडदार माग गरिएको छ । साथै विधान विपरित भएको कार्यको घोर भत्र्सना गर्दै केन्द्रिय कार्यालयमा उजुरी समेत दिएको अध्यक्ष गौतमले बताउनुभयो । 

यसैबीच शुक्रबार सम्पन्न भएको भनिएको ११औं अधिवेशनबाट निर्विरोध रुपमा चयन हुनुभएका अध्यक्ष राजेन्द्रप्रसाद धितालसँग सम्पर्क हुन नसकेपछि साेही अधिवेशनबाट उपाध्यक्ष पदमा निर्विराेध चयन हुनुभएका यादव आचार्यसँग यसबारेमा बुझ्दा, ‘अध्यक्ष मीनराज शर्माकै अध्यक्षतामा १३ गते बैठक बसेर मिति तय गरिएको र अधिवेशनको व्यानर समेत वहाँले नै अर्डर गर्नुभएको तर वहाँ आफै २० गते किन आउनुभएन हामीलाई थाहा भएन ।’, वहाँले भन्नुभयो । ’अध्यक्ष भएर साझा रुपमा प्रस्तुत हुनु पर्ने तर वहाँ त्यसरी प्रस्तुत हुनुभएन । पटक पटक बोलाइयो विरामी पनि हुनुहुहुन्थेन ।

वहाँ उपस्थित  नभएपछि उपाध्यक्षको अध्यक्षतामा अधिवेशन गर्ने भनी निर्णय गरेर अधिवेशन गरियो । विधान विपरति भएकै छैन । वहाँहरुलाई पद चाहिएको थियो अरु संगठनसँगको सहकार्य के भो हामीलाई थाहा भएन । महासंघले अध्यक्षकै निर्णय मुताविक नै काम गरेको हो । केन्द्रिय प्रतिनिधी पत्र लिएर आउनुभएको हो । नामावली पनि आएको हो । अध्यक्ष किन आउनुभएन हामीलाई थाहा भएन ।’ आचार्यले सास बर्दियालाई बताउनुभयो ।

 

११अौ अधिवेशन सम्पन्न भएको भन्दै बर्दिया अनलाइनमा प्रकािशित समाचर ….

महासंघका अध्यक्ष मीनराज शर्माले भने आफ्नो अनुपस्थितिको कारण अचानक पारिवारीक कामले बाहिर भएको बताउनुहुँदै समयमा आउनु नसकेपनि आफूसँग कुनै समन्वय नभएको बताउनुभयो । वहाँले भन्नुभयो ‘यो अधिवेशन सरासर अवैधानिक हो । केन्द्रले समेत अवैधानिक भनिसकेको छ । मैल पनि केन्द्रमा लेखेर पठाइसकेको छु, अब अर्को अधिवेशन हुन्छ ।

भोली सम्ममा यो कुराको जानकारी आउनेछ । विधानको अध्ययन नै नगरिकन कसरी निर्वाचन समिति गठन हुन सक्छ ?  निर्वाचन समिति त कार्यासमितिले एक हप्ता अगाडि मात्रै परिवर्तन गर्ने हो । तर त्यसो गरिएन । अध्यक्ष मीनराज शर्माले बताउनुभयो । अर्को कुरा सामान्य बैठकरु मात्रै उपाध्यक्षको अध्यक्षतामा बस्ने हो । अधिवेशन तथा जेनियुन निर्णयहरु भने अध्यक्षकै अध्यक्षतामा गर्नु पर्छ ।’, शर्माले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ