सास । फागुन २१, बर्दिया । 

आवश्यक तयारी पूरा नभएको भन्दै एक हप्ता पर सार्नको लागि केन्द्रलाई अनुरोध गरिएको अवस्थामा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष, कोषाध्यक्ष तथा शाखाले तोकेको निर्वाचन समितका सं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । फागुन २१, बर्दिया । 

आवश्यक तयारी पूरा नभएको भन्दै एक हप्ता पर सार्नको लागि केन्द्रलाई अनुरोध गरिएको अवस्थामा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष, कोषाध्यक्ष तथा शाखाले तोकेको निर्वाचन समितका सं"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

पत्रकार महासंघ बर्दियाको अधिवेशन भ्रम मात्र: चौतारी

२१ फाल्गुन २०७३, शनिबार १२:०९

सास । फागुन २१, बर्दिया । आवश्यक तयारी पूरा नभएको भन्दै एक हप्ता पर सार्नको लागि केन्द्रलाई अनुरोध गरिएको अवस्थामा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष, कोषाध्यक्ष तथा शाखाले तोकेको निर्वाचन समितका संयोजक वालकृष्ण वली लगायतको अनुपस्थितिमा ११औं अधिवेशन भएको र चयन गरिएको कार्यसमिति भ्रमपूर्ण भएको भन्दै प्रेस चौतारी बर्दियाले प्रेस विज्ञप्ति जारी गरेको छ । 

प्रेस विज्ञप्ति ….

चौतारीका अध्यक्ष डिलप्रकाश गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोही कुनै व्यक्ति वा संगठनको जोरजवरजस्ती तथा हर्कतबाट अधिवेशन सम्पन्न भएको भनी सामाजिक सञ्जालमा आएको समाचारमा कुनै सत्यता नभएको कुरा उल्लेख गर्दै पत्रकार महासंघ जिल्ला शाखा र केन्द्रिय समितसँग जोडदार माग गरिएको छ । साथै विधान विपरित भएको कार्यको घोर भत्र्सना गर्दै केन्द्रिय कार्यालयमा उजुरी समेत दिएको अध्यक्ष गौतमले बताउनुभयो । 

यसैबीच शुक्रबार सम्पन्न भएको भनिएको ११औं अधिवेशनबाट निर्विरोध रुपमा चयन हुनुभएका अध्यक्ष राजेन्द्रप्रसाद धितालसँग सम्पर्क हुन नसकेपछि साेही अधिवेशनबाट उपाध्यक्ष पदमा निर्विराेध चयन हुनुभएका यादव आचार्यसँग यसबारेमा बुझ्दा, ‘अध्यक्ष मीनराज शर्माकै अध्यक्षतामा १३ गते बैठक बसेर मिति तय गरिएको र अधिवेशनको व्यानर समेत वहाँले नै अर्डर गर्नुभएको तर वहाँ आफै २० गते किन आउनुभएन हामीलाई थाहा भएन ।’, वहाँले भन्नुभयो । ’अध्यक्ष भएर साझा रुपमा प्रस्तुत हुनु पर्ने तर वहाँ त्यसरी प्रस्तुत हुनुभएन । पटक पटक बोलाइयो विरामी पनि हुनुहुहुन्थेन ।

वहाँ उपस्थित  नभएपछि उपाध्यक्षको अध्यक्षतामा अधिवेशन गर्ने भनी निर्णय गरेर अधिवेशन गरियो । विधान विपरति भएकै छैन । वहाँहरुलाई पद चाहिएको थियो अरु संगठनसँगको सहकार्य के भो हामीलाई थाहा भएन । महासंघले अध्यक्षकै निर्णय मुताविक नै काम गरेको हो । केन्द्रिय प्रतिनिधी पत्र लिएर आउनुभएको हो । नामावली पनि आएको हो । अध्यक्ष किन आउनुभएन हामीलाई थाहा भएन ।’ आचार्यले सास बर्दियालाई बताउनुभयो ।

 

११अौ अधिवेशन सम्पन्न भएको भन्दै बर्दिया अनलाइनमा प्रकािशित समाचर ….

महासंघका अध्यक्ष मीनराज शर्माले भने आफ्नो अनुपस्थितिको कारण अचानक पारिवारीक कामले बाहिर भएको बताउनुहुँदै समयमा आउनु नसकेपनि आफूसँग कुनै समन्वय नभएको बताउनुभयो । वहाँले भन्नुभयो ‘यो अधिवेशन सरासर अवैधानिक हो । केन्द्रले समेत अवैधानिक भनिसकेको छ । मैल पनि केन्द्रमा लेखेर पठाइसकेको छु, अब अर्को अधिवेशन हुन्छ ।

भोली सम्ममा यो कुराको जानकारी आउनेछ । विधानको अध्ययन नै नगरिकन कसरी निर्वाचन समिति गठन हुन सक्छ ?  निर्वाचन समिति त कार्यासमितिले एक हप्ता अगाडि मात्रै परिवर्तन गर्ने हो । तर त्यसो गरिएन । अध्यक्ष मीनराज शर्माले बताउनुभयो । अर्को कुरा सामान्य बैठकरु मात्रै उपाध्यक्षको अध्यक्षतामा बस्ने हो । अधिवेशन तथा जेनियुन निर्णयहरु भने अध्यक्षकै अध्यक्षतामा गर्नु पर्छ ।’, शर्माले भन्नुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य