फागुन २१, कपिलवस्तु । नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला परिषद कपिलवस्तु को आयोजनामा पार्टी प्रवेश तथा घोषणा सभा कार्यक्रम क्षेत्र नम्बर ५ को पत्थरदेहिया"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २१, कपिलवस्तु । नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला परिषद कपिलवस्तु को आयोजनामा पार्टी प्रवेश तथा घोषणा सभा कार्यक्रम क्षेत्र नम्बर ५ को पत्थरदेहिया"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा पुर्व सशस्त्र प्रहरीसहित १४२ जना नयाँ शक्तिमा प्रवेश

२०७३, २१ फाल्गुन शनिबार १२:४८


फागुन २१, कपिलवस्तु । नयाँशक्ति पार्टी नेपाल अन्तरिम जिल्ला परिषद कपिलवस्तु को आयोजनामा पार्टी प्रवेश तथा घोषणा सभा कार्यक्रम क्षेत्र नम्बर ५ को पत्थरदेहियामा सम्पन्न भएको छ ।

कार्यक्रममा शसस्त्र प्रहरी बाट राजीनामा दिएका रामनिवास पुरी को नेतृत्वमा नेपाली कांग्रेस,एमाले,माओबादी केन्द्र र मधेशबादी दलबाट १४२ जना नयाँशक्ति पार्टी नेपालमा प्रवेश गरेका छन ।

नव प्रवेशीलाई अविर लगाई स्वागत गर्दै नयाँशक्ति पार्टी नेपालका पाँचनम्बर प्रदेश संयोजक दान बहादुर चौधरीले नव प्रवेशीहरुलाई सम्मान गर्नुभएको थियो । सो अबसरमा बोल्दै नेता चौधरीले संविधान संसोधन नभए सम्म निर्वाचन हुन नसक्ने बताउनु भयो । देशमा निर्वाचनको बाताबरण नबनेको बताउँदै उँहाले सरकार र मुख्य तिन दल मधेशको मुद्धा समाधानको साटो मधेशी नेता खरिद विक्रीमा लागेको आरोप लगाउनु भयो ।

पार्टीका अन्तरिम केन्द्रिय परिषद सदस्य रामलौटन तिवारीले २००७ साल देखी हाल सम्म व्यवस्था परिवर्तनको लडाई लडेको र अब नेपाली जनताको अबस्था परिवर्तनको लागी लड्नुपर्ने समय आएको बताउनु भयो ।

नव प्रवेशी पुर्व शसस्त्र प्रहरीका हवल्दार रामनिवास पुरीले अबको बाटो नेपालको सम्बृद्धि विकास र निर्माण भएकाले नयाँशक्तिमा सामेल भएको प्रतिक्रिया दिनुभयो । पार्टी मा आफुले शुन्यबाट सुरुवात गर्ने र आर्जन गरेका ज्ञान,सिप,क्षमतालाई नयाँशक्ति मार्फत देशविकासमा योगदान गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा पार्टी का नेताहरु मोहम्मद तौफिक खान,सुवासचन्द्र जयसवाल,थानेश्वर खनाल,देब बहादुर भुषाल,राजु थापा लगायतले मन्तव्य राख्नुभएको थियो । पार्टीका अन्तरिम केन्द्रिय परिषद सदस्य तथा कपिलवस्तु जिल्ला संयोजक नारायण खनालको अध्यक्षता र खेमराज आचार्यको संचालन रहेको कार्यक्रममा हजारौँ स्थानियको सहभागीता रहेको थियो ।

घरघरमा नयाँशक्ति अभियान अन्तरगत प्रत्यक्ष निर्वाचीत कार्यकारी राष्ट्रपति प्रणाली स्थापनाका लागी कपिलवस्तुबाट २० हजार जनाको हस्ताक्षर संकलन गरेको र केन्द्रमा पठाउने तयारी रहेको कार्यक्रममा संयोजक खनालले बताउनुभएको नेपाल प्रेस सोसाइटी का सोनु कुमार सुनार ले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते