2026-07-24 11:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गुरुङखोलामा निमार्ण हुने भनिएको हाइड्रो पावर ओझेलमा

सन्तोषकुमार गुप्ता/फागुन २१, देउखुरी । देउखुरीको बेला २ कठबेरुवामा निमार्ण हुने भनिएको १३.५ किलोवाट क्षमताको हाइड्रो पावर ओझेलमा परेको छ । 

समुदायको सक्रियतामा माइक्रो हाइड्रो पावर निमार्णका लागी प्रारम्भीक कार्य सम्पन्न भए पनि राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति र वन मन्त्रालयले ध्यान नदिए पछि सो योजना ओझेलमा परेको हो । 

बेला स्थीत गुरुङ खोलाबाट उत्पादन गर्ने लक्ष्य राखि १ करोड २८ लाख रुपैयाँ बराबरको डिजाइन इष्टीमेट सहित ३ वर्ष अघि बोसिन नामको कम्पनीेले निष्कर्ष सहितको सर्वे समेत गरि सकेको अवस्थामा वन मन्त्रालय र राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिले १ करोड रुपैयाँ दिन आनाकानी गरे पछि उक्त योजना अलपत्रमा परेको जिल्ला भु संरक्षण कर्यालय दाङका प्रमुख शेषदत्त चौधरीले बताए ।

उक्त जलविद्युत योजनाका लागि स्थानीय समुदायले २८ लाख रुपैयाँ जुटाउन तयार हुदा हुदै राज्य पक्षले नै समुदायको विश्वास नगरेको बेला २ स्थित हरियाली कठबेरुवा चुरे संरक्षण समितिका अध्यक्ष सुर्यप्रसाद चौधरीले बताए । नेपालले अहिले चरम उर्जा संकट बेहोरिरहेको समयमा गुरुङखोलामा लघु जलविद्युत आयोजना सञ्चालन गरि विद्युत निकाल्न सक्ने प्रसस्त आधारहरु हुदा हुदै पनि यी आधारहरुको खोजी सरकारी स्तरबाट हुन सकेको छैन । 

स्थानीय निकायले पनि लघु जलविद्युत आयोजना सञ्चालनको विषयमा ध्यान दिएको छैन । 

अब गाउँमै विद्युत उत्पादन हुने भयो भनेर हामी खुसी भएका थियौं । अहिले सम्म विद्युत निकाल्न कुनै कार्यक्रम नचलाउदा दिक्क लागेको छ । हरियाली कठबेरुवा चुरे संरक्षण समितिका अध्यक्ष  चौधरीले बताए । लोडसेडिङ धेरै भयो गुरुङखोलाबाट विद्युत निकालेर हाम्रो गाउँलाई लोडसेडिङ मुक्त बनाउन सकिने थियो । 

गाउँमै बिजुली नकालेर बत्ती बाल्ने सपना स्थनीयले बुनेका छन् तर कहिले गाउँमा बत्ती बल्छ कसैलाई थाहा छैन । नेपाल विद्युत प्राधिकरणले विद्युत विस्तार गरेका कारण सो ठाउँमा लघु जलविद्युत आयोजना सञ्चालनमा समस्या भएको स्थानीयहरुले बताए पनि यस बारेमा पुष्टि भएको छैन ।  

कठबेरुवा गाउँको ३ सय ५० घरधुरीका साथै अहिले सम्म विद्युत पुग्न नसकेको गुरुङखोला, सुकौली, पटौली, कल्याणपुर, खंग्रा, अटबरुवा, क्षग्रिया, जगमारा, भैसाही, मनरा, ख्रिकिया, भौका लगायतका नाकाहरु उक्त माइक्रो हाइड्रो पावरबाट उत्पादित विद्युतबाट लाभान्धित हुने विश्वास गरिएको छ । समयमै सो क्रियतामा माइक्रो हाइड्रो पावर निमार्णका लागि राजनितिकदलका नेताहरुले पहल गर्नु पर्ने स्थानीयबासीहरुको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक