सीता भुसाल । बुटवलबाट प्रकाशित एक पत्रिकामा हिजो एउटा समाचार पढेँ । इन्दिरा तिमी त जिल्लाको प्रमुख भएकी रहिछौ । हर्षले मन थाम्न सकिन । आँखाबाट हर्षका आँशु बगे । गुल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सीता भुसाल । बुटवलबाट प्रकाशित एक पत्रिकामा हिजो एउटा समाचार पढेँ । इन्दिरा तिमी त जिल्लाको प्रमुख भएकी रहिछौ । हर्षले मन थाम्न सकिन । आँखाबाट हर्षका आँशु बगे । गुल्"/>
९ मंसिर २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब गर्भपतन गर्दिन !

२४ फाल्गुन २०७३, मंगलवार ०६:५४

सीता भुसाल । बुटवलबाट प्रकाशित एक पत्रिकामा हिजो एउटा समाचार पढेँ । इन्दिरा तिमी त जिल्लाको प्रमुख भएकी रहिछौ । हर्षले मन थाम्न सकिन । आँखाबाट हर्षका आँशु बगे । गुल्मीको दुर्गम गाउँमा हामीले सँगै बिताएका बाल अनुभवहरु एकाएक गर्दै आँखा वरिपरी घुम्न थाले । 

भर्खर बल्लबल्ल छोरीलाई स्कुल पठाउन थालेका अभिभावकका छोरीहरु हामी अलिकती डर, धेरै उत्साह र मनभरी हिम्मत बोकेर स्कुल जाने गथ्र्यौँ । छोरीले असल बुहारी हुनका लगि गर्नुपर्ने सम्पूर्ण दैनिक अभ्यासहरु समय मिलाएर सिक्ने गर्दथ्यौ ।

स्कुलका गृहकार्य जस्तै महत्वपूर्ण थिए हाम्रा लागि । दैलो कँुचो, टपरी गास्ने, बत्ती काट्ने जस्ता सिपहरु सिक्न । तिम्रो प्रशासनिक काममा तिनको प्रयोग कत्तिकोे भएको छ म जान्दिन तर मेरो दैनिकी तिनैको वरीपरी बितेका छ । 

एसएलसी सम्मको पढाई कक्षामा पहिलो दोस्रो भएर तिमीले र मैले सगै ग¥यौँ । नजिक कलेज नभएकाले उच्च शिक्षा अध्ययनको लागि दाजु बिनयसँगै तिमी राजधानी गयौँ भने मेरो १६ वर्षमै विवाह भयो । 

अचेल सुन्दै छु त्यो त बाल विवाह पो रहेछ । बुबाको रोजाइँमा घरका अन्य पुँजा जस्तै गरेर गरिएको विवाहको विषयमा मलाई धेरै थाहा नै थिएन । विवाह र जीवनसाथीको महत्व बल्ल पो बुझदै छुँ । विवाह पश्चात असल बुहारी हुने अभ्यासमा मेरा दैनिकीहरु यति व्यस्त भएकी तिम्रो र सिंगो समाजको विषयमा सोँच्ने मलाई फूर्सदै मिलेन । हाम्रो भेट नभएको पनि वर्षौ भएछ । हिजो फेसबुकका भित्ताहरुमा भाइरल बनेको तिम्रो फोटो छोरी अपेक्षाले देखाउँदा पो म दंग परे । तिमी त उस्तै पो रहिछौ । तर मलाई चिन्न तिमिलाई पक्कै गाह्रो पर्नेछ । १७ वर्षमा पहिलो पटक म छोरीको आमा बने । 

त्यसपछि त मेरो दिनचर्या असल आमा, असल पत्नी र असल बुहारी हुँदैमा व्यस्त भयो । म र मेरो नीजि जीवन भन्ने नै मैले बिर्सिए । अझ लगातार ३ वटी छोरीको आमा बन्दा त म भर्खर ३५ वर्ष पुग्दा पनि बुढ्यौलीको अनुभव गर्न थालेकी छु । तीनैवटी छोरीकी आमा भइसक्दा पनि एउटा छोरा जन्माउने इच्छा राखेर तडपिरहेकी छुँ । आफनो शरीरलाई छियाछिया पारीसकेकी छु । एक छोरा जसले भविश्यमा मेरो कुलको इज्जत राखोस् भन्ने चाहना मनमा अझै अँधरै छ । त्यसैले त मैले मंगलबारको ब्रत पनि राखेकी छु । 

जुन ब्रत गर्दा छोरा नै जन्मिन्छ भन्ने विश्वास मेरो मनभित्र ज्यूँदैछ । के गरु म बाध्य छु । एउटा कुल धान्ने छोरा नजन्माउने हो भने मेरो वंश नास हुने भो भनेर श्रीमानको ‘कचकच’ सुन्दा म दिक्क छु । छोरी जन्माउनेको सन्तान भनेर दिनहुँजसो झगडा गर्ने सासुको वचन सुन्न बाध्य छु । टोल छरछिमेकको कानेखुशी सुन्दा र देउरानी जेठानीहरुले छोराको ‘धाकधक्कु’ लगाउँदा मेरो मन पनि यति दुखेको छैन । 

दुखेको मनमा मलमपट्टी लगाउने ठाउँ कतै भेटेकी छैन । तीनवटी छोरीकी आमा हुँदा र लगातारको  गर्भपतनले गर्दा म पँचास वर्ष नाघेकी महिलाहरु भन्दा पनि बुढि देखिन्छु ।  छोरी जन्माउने बुहारीले मिठोचोखो खाँन हुँदैन भनेर सुत्केरीमा पनि मैले मीठो खाने र आराम गर्ने प्रशस्त अवसर पाएकी हैन् । त्यसैले होला आजभोली म अनेक स्वास्थ्य समस्याबाट पीडित छुँ । छाला चाउँरी परिसकेको छ । बिहान चार बजेदेखि साँझ दशबजेसम्म सजिलैसँग श्वास फेर्ने समेत फुर्सद छैन मलाई । 

यही बेफुर्सदीले मलाई समाजको परिवर्तनलाई जान्ने र बुझने अवसर पो कहाँ मिलेको छ र ? घरको काम सकेर फुर्सद पो कहिले छ र ? देश दुनियाँको यात्रा मेरो गोरखपुरसम्म मात्र सिमित छ । त्यही पनि हरेकपटक आस बोकेर जान्छु , पिडा र निराश बोकेर फर्कन्छु । प्रत्येक पटकको यात्रामा मेरो मुटुको गति बढेको हुन्छ । कानहरु लालायीत हुन्छन् शुभ समाचार सुन्नलाई । तर म विवश छु मेरो कमजोरी स्विकार्न । 

मेरो गिर्दो स्वास्थ्य देखेर डाक्टरहरु भन्ने गर्छन, धेरै पटक गर्भपतन स्वास्थ्यका लागि हानिकारका हुन्छ भनेर । तर मलाई त्यसको कुनै प्रवाह छैन किनकी मलाई वंश धान्ने छोरा जन्माउनु नै छ । ती–तीनवटी छोरीमाथी सौँता बेर्होनु पनि कम पिडादायक क्षण होला त मेरा लागि ? म आफैसँग प्रश्न गर्नेगर्छु । उत्तरमा मेरो मन अत्तालिन्छ र भन्ने गर्छ सौँताको जिन्दगीभरको पीडा खेप्नुभन्दा केहि क्षणको शारीरिक पीडा खेपेर भएपनि छोरा जन्माउनु नै ठीक छ ।  त्यसैले म हारेकी छैन । हार्नु त हुँदै भएननी । 

माइतमा बाबु आमाको इज्जतको सवाल पनि छ । फलानाको नाति छैन भनेर गाँउलेहरुले गफ गर्दा मेरा माइती गाँउमा पनि इज्जत जाने भयो ।  के गरु म दोधारमा छु । बाबु आमा, सासुससुरा, श्रीमान र आफन्तहरुको दबाबले मलाई पनि छोरा भनेको त ‘कुल धान्ने व्यक्ति हो’ भन्ने अनुभूति गराएको हो वा ती सबैको खुसीका लागि मेरो स्वास्थ्य बिगारेर केवल छोरा जन्माउने कोशिस गर्दैछु । 

छोराकी आमा हुन नसकेकाले घर माइत जताकतैबाट आउने दवाव झेल्न नसकेर अँचेल म मानसिक रोगी बन्दै गएकी छु । श्रीमान् सासुससुराको कचकचले म भित्रको आत्मविश्वास बिस्तारै घटदै गएको छ । तिमिलाई के थाहा वंश धान्ने छोराको आसमा  ४ पटक त मैले लुकिछिपि गर्भपतन गरीसकेकी छु । म ठुलो आशा बोकेर डक्टर कहा पुग्छु तर प्रत्येक पटक निराश छु मेरो गर्भको भु्रण छोरी हुँदा । हुनत गर्भपतन मेरो रुचिको विषय कहाँ हो र ? प्रकृतिको कस्तो अनुपम उपहार । 

गर्भको बच्चासँग कति छिटो आमाको सामिप्यता जोडिएको हो । प्रत्येक पटक गर्भपतन गर्नुपर्दा एकपटक मृत्युको अनुभुति गर्नुपर्ने मानसिक रुपमा । सायद सबै आमाहरुलाई त्यस्तै अनुभुति हुन्छ की वा मलाई मात्रै हो ? आमा हुनुको अनुभव बिल्कुल फरक हुँदोरहेछ ।

 नियम कानुन भन्दा पनि माथिको भिन्न सम्बन्ध हुँदोरहेछ सन्तानसँग । मन पनि कस्तो अचम्मलाग्दो गर्भमा बच्चा आउने बित्तिकै एकै पटक कति धेरै कल्पना मनभित्र आउने । मनलाई तुरुन्त संवेदनशिल बनाउने । यही फरक होला आमा र बाबुको बीचमा । प्रकृतिको बिडम्वना नै भन्नुपर्छ त्यस्तो अनुभुति कहिल्यै बाबु बन्नेले गरेको भेटिन । उनका आँखामा त्यो पीडा कहिल्यै देखिन । उनका आँखामा सँधै एउटा दम्भ र छोराप्रतिको अभिलाषा मात्र देखिरहेँ । जबरजस्त हाँस्न खोज्दा रसाएका मेरा आँखाको भाषा उनले बुझ्नै सकेनन् । यही त फरक होला महिला र पुरुषको भोगाइ, फरक वरदान प्रकृतिको हामी छोरीहरुलाई ।

आजभोली त म रेडियोबाट सुन्ने गरेकी छुँ । छोरा वा छोरी जसलाई जन्माउन पनि महिलाको(मेरो)हात हुँदैन । त्यसपछि त धेरै ढुक्क भएकी छु  । छोरीहरुको मात्र आमा हुनुमा मेरो कुनै दोष रहेनछ । यी सबै महिलाहरुलाई दबाउन बनाईएका झुट्ठा विवरण मात्र रहेछन् । गर्भपतनले कानुनी मान्यता पायो भनेर संचारमाध्यममा सुन्दा/पढ्दा म धेरै खुसी भएकी थिए । धेरै आमाहरुले समाजले “नाजायज” नाम दिएको बच्चा बोकेर अव हिड्नुपर्ने भएन भनेर । 

हरेक सम्बन्धहरुलाई परिभाषा गर्ने जिम्मा आखिर समाजलाई त दिएको छ । सम्बन्धको सामाजिक परिभाषा खोज्दा त महिलाहरु ज्यूँदै जलाईएका छन । बैवाहिक बलत्कार भोगिरहेका छन । आत्महत्या गर्न विवश छन् । महिला र पुरुषको समान सहभागीतामा रहने सम्बन्धहरुमा पनि दोष महिलाको टाउकोमा जाने नियति हामीले भोगेकै त छौँ है ? समाजले सभ्य भनेको तर  २१ औँ शताब्दीमा पटक्कै नसुहाउने असभ्य अभ्यास । 

इन्दिरा तिमीलाई थाहा छैन । मत आठौँपटक फेरी गर्भवती भएकी छु । मन डराएको छ । मुटुको धडकन फेरी बढेको छ । विश्वास छ यसपटक मेरो गर्भमा पक्कै छोरा होला भनेर । म पूनः जाँदैछु गोरखपुरसम्मको यात्रामा । मसँग मेरा श्रीमान् पनि निकै उत्साही हुनुहुन्छ छोराको बाबु बन्ने अभिलाशा बोकेर । थाँहा छैन मेरो यात्रा कस्तो हुने हो ?

तर, विडम्वना गोरखपुरमा चेकअपपछि थाहा लाग्यो आठौँपटक पनि मेरो पेटमा छोरी रहेछ । यो सुनेर मेरा श्रीमान् छागाबाट खसेजस्तै भए र मलाई गाली गर्न थाले । छोरा जन्माउन नसक्नेको सन्तानमा परिएछ भनेर । 

मसँग रिसपोख्न थाले । तर म यसपटक पटक्कै निराश छैन । उहाँको गालीलाई प्रतिवाद गर्ने क्षमता ममा जागेको छ । मेरो मन दरिलो भएको छ। विश्वास बढेको छ । तिमीलाई देखेर तिम्रो सफलता र विश्वासलाई आत्मसात गरेर । मैले सुनेकी छु धेरै महिलाहरु पुरुष सरह अगाडि बढेका छन रे हाम्रो देशमा पनि । तर ती सबै भन्दा भिन्न तरीकाले आफ्नै सर्घषशील यात्राबाट अगाडि बढेकी मेरै उमेरकी तिमीलाई देखेर ममा धेरै हिम्मत पलाएको छ । यसवर्ष सायद् मैले पनि तिमीजस्तै हिम्मत र आत्मविश्वास भएकी छोरी जन्माउने प्रवल इच्छा राखेकी छुँ । 

हाम्रा गाउँघरका थुप्रै नालायक छोराहरु भन्दा योग्य छोरी जसले घरको मात्र होइन देशको वंश थामोस् । त्यही छोरीको सिघ्र प्रतिक्षामा छु । त्यसैले मलाई मेरा श्रीमान, सासु—ससुरा, छरछिमेक कसैको पनि गाली ग्लोजले प्रभाव पारेको छैन । 

म खुसीसाथ योग्य छोरी जन्माउने तयारीमा छुँ । नालायक छोराको के काम जसले देश र जनताको लागि केहि गर्न सक्दैन । कुलतमा फसेर हिड्छ । बाबु आमाको साहारा बन्नु त कता हो कता बुढेसकालमा पीडा थपिदिन्छ । त्यस्तो नालायक छोरो जन्माउने तयारीमा म छैन । 

अन्तिम पटक मेरो गर्भवाट योग्य, लायक छोरी जन्माउने विश्वासका साथ तयारीमा जुटेकी छु । जसले म मेरो परिवार र देशको इज्जत थामोस् । महिला सशसक्तिकरणको अभियानमा एउटा इट्टा थप्ने प्रयासको सानो थालनी होस् । लेखक: गुल्मी तम्घास निवासी हुनुहन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति मृत्युपश्चात अंग दान गर्नेका परिवारलाई २ लाख दिने स्वास्थ्यमन्त्रीको निर्णय एमालेद्वारा काठमाडौं महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगर टोली एमालेले काठमाडौं महानगरको जरिवाना नतिर्ने दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण मुद्दा: सरकारको नाममा कारण देखाउ आदेश जारी एनपीएल खेल्न नेपाल आइपुगे काठमाडौं गुर्खाजका माइकल लेभिट हिरासतबाट दुर्गा प्रसाईँको पत्र, लेख्छन्- प्रमाण सत्य हो, कम्बोडिया लगानीबारे छानबिन गरियोस् गेस्ट हाउसमा दम्पत्तीको शव फेला, क्यानडाबाट दुई वर्षपछि शनिबार मात्रै फर्किएका थिए मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने मस्क रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी न्यायाधीशद्वय फुयाल र ढकालको संयुक्त इजलासमा आज तोलामै १७ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो मलेसियाका पेट्रोल पम्पहरुमा काम गर्न विदेशी कामदारलाई खुला अनुसन्धानको म्याद सकिएकाले आज फेरि रविलाई कास्की अदालत उपस्थित गराइँदै नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि आज अन्तर्वार्ता लिइँदै आजदेखि धरहरा चढ्दा शुल्क लाग्ने विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै हेर्नुहोस आइतबारको विदेशी मुद्राको विनिमय दर ! देशको यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना कर्मचारीहरुलाई हिमाली जिल्लामा आउन सहज र अभिप्रेरित गर्न जरुरी प्यालेस्टाइनमाथिको आक्रमण रोक्न माग गर्दै काठमाडौंमा प्रदर्शन