राम नारायण पंडित/फागुन २४, सिरहा । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको बन्दका कारण तराई मधेशको जनजिवन प्रभावित भएको छ । 

सप्तरीमा भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/फागुन २४, सिरहा । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको बन्दका कारण तराई मधेशको जनजिवन प्रभावित भएको छ । 

सप्तरीमा भएक"/>

२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिरहामा मोर्चाद्धारा एमाले पार्टी कार्यालयमा आगजनी

२०७३, २४ फाल्गुन मंगलवार १२:०२

राम नारायण पंडित/फागुन २४, सिरहा । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको बन्दका कारण तराई मधेशको जनजिवन प्रभावित भएको छ । 

सप्तरीमा भएको नरसंहार पछि आक्राशित भएको मोर्चाले दुई दिन मधेश बन्दको आह्वान गरेको छ । सप्तरी घटनाको विरोधमा आज मोर्चाका कार्यकर्ताहरुले सिरहाको लहानमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेको छ । मोर्चाले लहान १ मा रहेको एमालेको कार्यालयमा तोडफोड सहित आगजनी गरेको हो । 

एमाले पार्टी कार्यालयमा तोडफोड गरेको भन्दै लहानबाट प्रहरीले मोर्चाका दर्जन भन्दा बढी नेता कार्यकर्तालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेहरुमा मोर्चाका नेता कृष्ण बहादुर यादव, राजु गुप्ता, सत्यनारायण यादव, रोशन यादव, आमुख यादव, मनोहर यादव, प्रयाग यादव, गुलाव राय, दिनेश यादव लगायतका रहेका छन् । एमालेको पार्टी कार्यलयमा तोडफोड र आगजनी संगै उछ्लिंग गतिबिधि गर्ने युवाहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय लहानका प्रहरी नायब उपरिक्षक हिरा बहादुर पाण्डेले बताए । 


यता, मोर्चाका कार्यकर्ताहरुले सिरहाको लहान र गोलबजारमा २ वटा ट्रकमा आगजानी गर्नुको साथै केहि सबारी साधनमा ढुंगामुढा गरी तोडफोड गरेका छन् । सप्तरीमा प्रहरीको गोली लागि मोर्चाका कार्यकर्ताहरुको मृत्यु भएको खवरले आक्रोसित बनेका मोर्र्चाले सोमबार साझदेखि नै सिरहाको लहान, गोलबजार, मिर्चैया, बिष्णुपुर लगायतका स्थानहरुमा सडकमा टायर बाली सडक अबरुद्ध गरि सरकार बिरुद्ध नाराबाजी गरिरहेको मोर्चाका नेता राम दयाल यादबले बताए । 

पुर्व पश्चिम लोकमार्ग अन्तर्गत लहानको कुसवाहा चौकमा ना.४ ख २०७६ नम्बरको मालबाहक ट्रक र गोलबजारमा विआर ५१ ए ४०१३ नम्वरको भारतीय ट्रकमा मोर्चाका नेता तथा कार्यकर्ताले आगजनी गरेको प्रहरीले नेता यादबले बताए । यसैबिच मोर्चाका कार्यकर्ताहरुले सिरहा सदरमुकाम स्थित राष्ट्रिय बाणिज्य बैंकमा ढुगांमुढा गरेका छन् । ढुगांमुढाबाट बैंकमा समान्य क्षति भएको बताईएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश