२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालगन्जमा ‘ए डिभिजन’ फुटबल प्रतियोगिता भोलिदेखि

२५ फाल्गुन २०७३, बुधबार १३:०२

फागुन २५, नेपालगन्ज । अखिल नेपाल फुटबल सङ्घ, बाँकेको आयोजनामा दोस्रो टुवोर्ग नेपालगन्ज गोल्ड कप फुटबल प्रतियोगिता यहाँ सञ्चालन हुने भएको छ । 

यही फागुन २६ देखि चैत ४ गतेसम्म स्थानीय रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा नेपालको मनाङ मस्र्याङ्गदी, सङ्कटा, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको विभागीय समूह, रुपन्देही— ११, सुदूरपश्चिम— ११ र नेपालगन्ज—११ गरी ‘ए’ डिभिजनका आठ समूहको सहभागिता रहने आयोजकले जनाएको छ । 

प्रतियोगिताका लागि कुल २७ लाख बजेट छुट्टयाइएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु पाँच लाख र दोस्रो हुनेलाई रु दुई लाख ५१ हजार पुरस्कार उपलब्ध गराइने सङ्घका जिल्ला अध्यक्ष भोजराज शाहीले बताउनुभयो । 

त्यस्तै प्रतियोगितामा विद्यागत रुपमा उत्कृष्ट गोलकिपर, मिडफिल्डर, फारवर्ड, डिफेन्स र मैन अफ दि म्याचलाईसमेत पुरस्कारको व्यवस्था गरिएको छ । 

नकआउटका आधारमा खेलाइने सो प्रतियोगिताको अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय अध्यक्ष नरेन्द्र श्रेष्ठले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको आयोजकले जनाएका छन् । 

प्रतियोगिता सम्बन्धी तयारीका विषयमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका जिल्ला अध्यक्ष शाहीले टुवोर्गसँग तीन वर्षसम्म प्रतियोगिता सञ्चालनका लागि सम्झौता भएको जानकारी गराउनुभयो । 

यसैबीच, अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा क्रियाशील पत्रकार महिला समूहद्वारा आज यहाँ आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा पत्रकार महिला समूहले विजय प्राप्त गरेका छन् । 

पत्रकार महिला समूहले महिला मानवअधिकारकर्मीको समूहलाई २५—१८, ११—२५ र २६—२४ अङ्कले पराजित गरेको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ