पढ्न करिब 1 मिनेट लाग्छ

फागुन २५, प्युठान । जिल्लाको हंसपुर गाबिसमा संसद बिकास कोषद्धारा बिनियोजित रकमबाट मोटरबाटो खन्न सुरु गरिको छ ।

हंसपुर गाबिस वार्ड नम्बर ४ सजिकोट देखि सुजिनपुर,घोरलोटे हुँदै नौघाट जोड्ने मोटरवाटो निर्माण कार्य बुधबार देखि सुरु गरिएको हो ।

झन्डै चार किमोमिटर मोटरबाटो निर्माण कार्य बुधबार देखि शुरु भएको मोटरबाटो निर्माण समितिका अध्यक्ष थम्मन साठिघरेले जानकारी दिए ।

सांसद धन बहादुर रायमाझीको संसद बिकास कोषको रकमबाट बिनियोजित करिव ११ लाख रुपैयांको लागतमा उक्त मोटरबाटोको निर्माण कार्य थालिएको हो ।

सन्तोष निर्माण कन्ट्रक्सन सेवाले मोटरबाटो निर्माणको काम गरिरहेको छ ।