२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बन्दले मोरङका उद्योगी व्यवसायी प्रताडित

२६ फाल्गुन २०७३, बिहीबार ०७:१६

फागुन २६, मोरङ । बन्द, हडताल, मजदुर समस्या, बजार अभाव, जस्ता समस्या झेल्दै आएका उद्योगी राजनीतिक अस्थिरता लम्बिँदा मोरङ –सुनसरी औद्योगिक करिडोर क्षेत्रका उद्योगी प्रताडित भएका छन् । 

संविधान जारी भएपछि राजनीतिक अस्थिरता समाप्त भई लगानीको वातावरण बन्ने आशामा बसेका उद्योगी बन्द हडताल पुनः सुरु भएकोमा प्रताडित भएका हुन् । 

सप्तरी घटनापछि सुरु भएको तराई–मधेस बन्दले संविधान कार्यान्वयनमा देखिएको समस्याले उद्योगी नयाँ लगानी गर्न हिचकिचाइरहेका छन । सांसद एवम् मोरङ व्यापार सङ्घका अध्यक्ष पवनकुमार सारडाले भन्नुभयोे, राजनीतिक अस्थीरता र बन्द हडतालले लगानी सुरक्षित छैन । 

उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय पनि लगानी गर्ने बातावरण नभएको बताउनुहुन्छ । उहाँका अनुसार एक दिनको बन्दले मोरङ–सुनसरी औद्योगिक क्षेत्रले मात्रै रु २५ करोडभन्दा बढी प्रत्यक्ष नोक्सानी बेहोनुपर्छ । 

यो क्षेत्रको अप्रत्यक्ष नोक्सानी अवस्थामा नयाँ लगानी थपिने कल्पना गर्न नसकिने उहाँले उल्लेख गर्नुभयोे । गत वर्षको भूकम्प, छ महिना लामो तराई–मधेस बन्द, नाकाबन्दीको पीडा कम हुँदै गएको अवस्थामा सुरु भएको बन्दले उद्योगी निरास भएको उहाँले बताउनु भयो । 

राजनीतिक अस्थिरताले निजी क्षेत्र झन्झन् सङ्कटमा पर्दै गएको पूर्वाञ्चल क्षेत्रीय उद्योग वाणिज्य सङ्घका महासचिव रवीन दाहालको भनाइ छ । शिक्षा क्षेत्रमा लगानी गरेका दाहाल देश हाँक्ने जनशक्ति उत्पादन गर्ने शैक्षिक क्षेत्रसमेत बन्द हडतालले थिलथिलो भएको बताउनुहुन्छ । 

डेढ दशकभन्दा लामो समयदेखिको राजनीतिक अस्थिरताले उद्योगी व्यवसायीले अर्बौं गुमाएको सङ्गठनका वरिष्ठ उपाध्यक्ष भीम घिमिरेको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य