फागुन २६, बाजुरा । उत्तरी भेगको दुर्गम गाविसका लागि स्थायी नुन डिपो स्थापना गरिएको छ । 

उत्तरी भेगको बिच्छ्या र रुगिन गाविसलाई लक्षित गर्दै नुन डिपो स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २६, बाजुरा । उत्तरी भेगको दुर्गम गाविसका लागि स्थायी नुन डिपो स्थापना गरिएको छ । 

उत्तरी भेगको बिच्छ्या र रुगिन गाविसलाई लक्षित गर्दै नुन डिपो स"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बाजुराका दुर्गम गाविसमा स्थायी नुन डिपो स्थापना

२६ फाल्गुन २०७३, बिहीबार ०९:२३

फागुन २६, बाजुरा । उत्तरी भेगको दुर्गम गाविसका लागि स्थायी नुन डिपो स्थापना गरिएको छ । 

उत्तरी भेगको बिच्छ्या र रुगिन गाविसलाई लक्षित गर्दै नुन डिपो स्थापना गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाहीले बताउनुभयो । 

उहाँले भौगोलिक विकटताका कारण नुन लिन दुई दिनको बाटो हिँडेर कोल्टी आइपुग्नुपर्ने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालयले अस्थायी डिपो राखेर सेवा दिंदै आएको थियो । 

नुन डिपो स्थापना भएपछि उक्त गाविसका बासिन्दा खुसी भएका छन् । “एक पोका नुन लिन रु ६०० खर्च हुथ्यो तर अहिले एक दिनमै नुन पाइने भयो” स्थानीय धर्मलाल सुनारले बताउनुभयो । 

एक पोका नुन लिन दुई दिन लाग्नुका साथै रु ६०० देखि रु एक हजारसम्मको खर्च हुने गरेको उहाँको भनाइ छ । 

कवाडीमा नुन डिपो सञ्चालन भएपछि जिल्लाका रुगिन, बिच्छ्या गाविस र छिमेकी जिल्ला हुम्ला र मुगु जिल्लाका जनतालाई सहज भएको कोल्टी डिपो प्रमुख धर्मराज पाध्यायले बताउनुभयो । यसबाट हुम्ला र मुगु जिल्लाका स्थानीयवासीलाई सहज भएकोे छ । 

कवाडी डिपोका लागि ४०० क्विन्टलभन्दा बढी नुन स्वीकृत भएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य