२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्थानिय निर्वाचनमा बालबालीका प्रयोग नगर्ने दलहरुको प्रतिवद्धता

२६ फाल्गुन २०७३, बिहीबार १५:४८

दलसिंह गिरी/फागुन २६, कालिकोट । जिल्लाका राजनैतिकदलहरुले अब हुने स्थानीयतहको निर्वाचनमा बालबालिकाहरु प्रयोग नगर्ने प्रतिवद्धता गरेका छन् । 

जिल्लामा कुनैपनि शैक्षिक संस्था तथा उक्त शैक्षिक संस्थाहरुमा अध्ययनरत बालबालिकाहरु राजनैतिक गतिविधिमा प्रयोग नगर्ने विगतमा गरिएको लिखित प्रतिवद्धतालाई ध्यानमा राखी कालिकोटका राजनैतिकदलहरुले यस्तो प्रतिवद्धता गरेका हुन् ।

अब हुने स्थानीयतहको निर्वाचनलाई मध्यनजर गरी जिल्ला बाल कल्याण समितिको नेतृत्वमा जिल्लामा कृयाशिल राजनैतिक दलहरु संग बसेको बैठकमा सहभागी राजनैतिक दलहरुले विगतका निर्वाचन प्रचार प्रशारको नाममा बालबालिका उपयोग गरिएका घटना अबको निर्वाचनमा नदोहोरीने गरी आफ्ना कार्यकर्ताहरुलाई परिचालन गर्ने बताएका छन् । 

जिल्ला बालकल्याण समितिका अध्यक्ष लाल बहादुर मल्लको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीको प्रमुख अतिथ्यता, जिल्ला शिक्षा अधिकारी, महिला बिकास अधिकृत, स्थानिय बिकास अधिकारी, प्रहरी नायव उपरिक्षक लगायत जिल्लामा कृयाशिल राजनैतिकदल, नागरिक समाज लगाएतको सहभागितामा बसेको बैठकमा राजनैतिकदलहरुले शैक्षिक संस्थाहरुमा कुनैपनि राजनैतिक गतिबिधि नगर्ने, बालबालिकाहरुलाई चुनावी प्रचार प्रशारमा प्रयोग नगर्ने नगराउने प्रतिवद्धता गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय कालिकोटमा वसेको सर्वदलिय, सर्बपक्षिय बैठकमा राजनैतिक दलहरुले गरेका प्रतिवद्धतालाई जिल्ला नागरिक समाज संजालले समय समयमा निगरानी गर्ने र कार्यन्वयन भए नभएको वारेमा समेत अनुगमन गर्ने नागरिक समाज संजालका दमनराज बमले बताउनु भएको छ ।  

महिला तथा बालबालिका कार्यालयका महिला बिकास अधिकृत सविता राणा, सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत बाले बिश्वकर्मा, किर्डाक नेपालका धनिराम न्यौपानेले सहजीकरण गरेका छन् । बैठकमा जिल्ला स्तरिय बालहित कोषको बृद्धिका लागि स्थानिय निकाय र जिल्ला बिकास समितिलाई सहयोग गर्न आग्रह गर्ने निर्णय समेत गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य