2026-09-16 03:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलवस्तुमा बन्दको आंशिक प्रभाव, बन्द हो कि होइन् भन्नेमा अन्यौलता

दिपक अनुरागी | फाल्गुण २७, कपिलवस्तु । लोकतान्त्रिक मधेसी मोर्चा सम्मिलित संयिघ गठबन्धनले गरेको तराई बन्दको प्रभाव कपिलवस्तुमा बिहानै देखि परेको छ । जिल्लाको सदरमुकाम तौलिहवा, पकडि, महराजगञ्ज लगायतका ठाउमा सवारी साधन चलेका छैनन् भने उद्योग कलाकारखाना, बजार, शिक्षण संस्था पुरै ठप्प छन् । मधेसी मोर्चाका कार्यकर्ता बन्द गराउदै बिहानै देखि सडकमा उत्रिएका छन् ।

यस्तै बन्दको प्रभाव जिल्लाको पश्चिमी क्षेत्रमा पनि परेको छ । त्यस क्षेत्रको चन्द्रौटा, खरेन्द्रपुर, बहादुरगञ्ज, कृष्णनगरमा बन्दको प्रभाव बिहानै देखि परेको त्यहा स्थित हाम्रा सहकर्मीले जनाएका छन् । शिक्षण संस्था, बजार, यातायात, कलकारखाना, उद्योगधन्दा सबै ठप्प छन् । यस्तै शिवपुरमा भने बन्दको सामान्य प्रभाव परेको छ । त्यहाँ यातायात, शिक्षण, संस्था खुलेका छन् ।  

यता जिल्लाको चारनम्बर क्षेत्रमा भने बन्दको प्रभाव सामान्य रहेकोछ । बिहानै देखि यस क्षेत्रमा यातायात, बजार, पसल, उद्योगधन्दा खुलेका छन् । यद्यपि शिक्षण संस्था केहि खुलेका छन् भने केहि अन्यौलताको कारण खुल्न सकेका छैनन् । आज बन्द हो कि नाई भन्नेमा धेरै अनविज्ञ बनेका छन् ।

मधेसी मोर्चाका कार्यकर्ता नरहेको यस ठाउँमा बन्द हो कि नाई भन्ने अन्यौला स्थानियमा परेको हो । तरपनि वाणगंगा क्षेत्रलाई बन्द निशेधित क्षेत्र बनाइएको कारण पनि यस क्षेत्रमा बन्दको प्रंभाव पर्न सक्दैन् । विभिन्न समुह, दलले आयोजना गर्ने बन्दको प्रभाव यस क्षेत्रमा नपरेको हो । मधेसी मोर्चाको बन्दको प्रभाव पनि यस क्षेत्रमा अझै पर्न सकेको छैन् । जिल्लामा सबैभन्दा बढी बसोबास गर्ने मानिसको संख्या यहाँ धेरै छ ।

गत सोमबार एमालेको मेची महाकालीको अभियान अन्तर्रगत सप्तरीमा भएको मोर्चाका कार्यकर्ता र प्रहरी बिचको झडपमा चार जनाको मृत्यु भए पश्चात आज संघिय गठबन्धनले नेपाल बन्दको आह्वान गरेको हो । यद्यपि लुम्बिनी अञ्चलका कपिलवस्तु, रुपन्देहि, नवलपरासीका दक्षिणी भेगमा बन्दको प्रभाव परे पनि राजमार्गमा क्षेत्रमा भने परेको छैन् । साथै पहाडी जिल्लामा बन्दको कुनै प्रभाव परेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र तीनजनाको शव भेटियो सर्वदलीय बैठकको निर्णय : बाढीपहिरो अनुगमनका लागि विशेष समिति गठन हुने सरकार अप्ठ्यारो पर्दा पुगिरहेको छ, नीतिअनुसार काम गरिरहेको छ : रवि लामिछाने जनमत नागरिकको हितका लागि हो, धम्की दिनका लागि होइन : निश्कल राई रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक सर्वदलीय बैठक सुरु भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४०३ पुग्यो, ४,०८९ जना अझै बेपत्ता सुनचाँदीको मूल्य बढ्यो बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह