Skip to content
Friday, July 17, 2026 Nepali Online Media

रुकुममा ६० जना एचआइभी सङ्क्रमित

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २७, रुकुम । रुकुम जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या ६० पुगेको छ ।

जिल्लामा ३३ जना पुरुष र २७ जना महिला गरेर जम्मा ६० जना सङ्क्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा पछिल्लो समय जनचेतनाको विकास सँगै एचआइभी सङ्क्रमितहरु समाजमा खुल्न थालेका छन् । उनीहरुले यहाँ “दिगो विकासको लागि सहकार्य नेपाल” नामको एक संस्था खोलेरै आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन् ।

समाजमा एचआइभी सङ्क्रमितलाई हेर्ने दृष्टिकोण भने अझै परिवर्तन नभएको पीडितको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा ३६ जना एचआइभी सङ्क्रमितले खुलेर औषधि सेवन गरिरहेका छन् । बाँकी २३ जनाको अवस्थाका बारेमा भने आफूहरुलाई जानकारी नभएको कार्यालय प्रमुख डा. राजेन्द्र जिसीले बताउनुभयो ।

दुई जना सङ्क्रमित जिल्ला बाहिर रहेको बताइन्छ । संस्थाको तथ्याङ्क अनुसार जिल्लाको मुरु गाविसमा सबैभन्दा बढी एचआइभी सङ्क्रमित रहेका छन् । यहाँ पुरुष ७ जना र महिला ३ जना गरेर १० जना सङ्क्रमित छन् । उनीहरुले भने औषधि उपचारमा समस्या हुँदै आएको दुखेसो पोख्ने गरेका छन् । रासस