२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

बेलिब्रिज जीर्ण हुँदा जोखिम मोलेर आवतजावत गर्न बाध्य

२९ फाल्गुन २०७३, आईतवार ०४:०७

फागुन २९, रुकुम । एघार वर्ष पहिले निर्माण गरिएको मुसिकोट नगरपालिका–५ सोलावाङ र बैरागीठाँटीबीच खोलामा रहेको बेलिब्रिज जीर्ण बन्दै गएको छ । 

विसं २०६२ मा नेपाली सेनाले निर्माण गरेको उक्त बेलिब्रिज लामो समयसम्म पनि मर्मत नहुँदा जीर्ण बन्दै गएको हो । अहिले जीर्ण बेलिब्रिजमा जोखिम मोलेर यातायातका साधन आवतजावत गर्न बाध्य छन् । 

दैनिक सयभन्दा बढी साना, ठूला सवारीसाधन ओहोरदोहोर गर्ने यस बेलिब्रिजको सतहमा रहेका फलामका अधिकांश पाता उक्किएका छन् भने बाँकी रहेका पाता पनि खिया लागेर टुक्रिन थालेका छन् । 

स्थानीयवासीको आग्रहपछि नेपाली सेनाले पुल निर्माण गरिदिएको थियो । त्यसपछि मर्मतका लागि कुनै पहल नभएपछि जीर्ण बनेको स्थानीयवासीको भनाइ छ । बेलिब्रिजको अवस्थाबारे जिल्लाका सबै सरोकारवाला निकायलाई जानकारी भए पनि मर्मतमा कसैले चासो नदिएको स्थानीयवासी विनोद ओलीले बताउनुभयो । 

मर्मत गर्ने जिम्मेवारी पाएको सडक डिभिजन कार्यालय चौरजहारीले पनि ध्यान नदिएको उहाँको भनाइ छ । ब्रिज जीर्ण बनेकै कारण दैनिकजसो सानातिना दुर्घटना हुन थालेको उहाँले बताउनुभयो । तत्काल मर्मत नगर्ने हो भने ठूलो दुर्घटना हुन सक्छ ओलीको भनाइ छ । तर कार्यालयका इन्जिनियर नवीनकुमार शाहले बेलिब्रिज मर्मतका लागि रु ३७ लाख बराबरको टेन्डर आह्वान भइसकेको जानकारी दिनुभयो । 

मर्मतका लागि टेन्डर आह्वान भएकाले चैतको अन्तिम साताबाट मर्मतको काम सुरु हुने इन्जिनियर शाहले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान