टेक शाही/फागुन ३०, डोल्पा । डोल्पा जिल्ला बिकास समितिले जिल्ला समन्वय समिति लेखेको बोर्ड टाँसेको छ । सरकारले नयाँ सरचानको कार्यान्वयन गरे सँगै जिल्ला बिकास "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/फागुन ३०, डोल्पा । डोल्पा जिल्ला बिकास समितिले जिल्ला समन्वय समिति लेखेको बोर्ड टाँसेको छ । सरकारले नयाँ सरचानको कार्यान्वयन गरे सँगै जिल्ला बिकास "/>

2026-10-29 05:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

जिल्ला बिकास समिति हटाइ जिल्ला समन्वय समितिको बोर्ड टाँसियो


टेक शाही/फागुन ३०, डोल्पा । डोल्पा जिल्ला बिकास समितिले जिल्ला समन्वय समिति लेखेको बोर्ड टाँसेको छ । सरकारले नयाँ सरचानको कार्यान्वयन गरे सँगै जिल्ला बिकास समिति डोल्पाले पूरानो साइनबोर्ड हटाइ नयाँ सँरचना अनुसार जिल्ला समन्वय समितिको कार्यालय लेखिएको साइनबोर्ड टाँसेको हो ।  नयाँ सँरचना लागु भए सँगै स्थानिय बिकास अधिकारि र गाविस सचिवलाइ असार मसान्त सम्मको लागि कार्यकारि प्रमूखका रुपमा बसेर सेवाप्रबाह गर्न निर्देशन पनि दिएको छ । 

स्थानिय पुन सारचनको लागु भए सँगै स्थानिय बिकास अधिकारिलाइ जिल्ला समन्वय समितिको सचिव तोकेको छ । त्यस्तै डोल्पा जिल्लामा दुइ नगरपालिका र ६ गाँउपालिकामा जेष्ठताका आधारमा नगरपालिका कार्यकारि प्रमूख र गाँउपालिका कार्यकारि प्रमूखहरु जिल्ला समन्वय समितिले तोके छ । जेष्ठताका आधारमा हालका गाविस सचिबहरुमा दुइ जना नगरपालिका प्रमूखमा रहने,६ जना सचिव गाँउपालिका प्रमूख रहने र अन्य बाँकी सचिवले साविकका गाविसमा वडापालिकामा कार्यकारि प्रमूखको जिम्मेवारी सम्हालेर सेवाप्रबाह गर्ने जिल्ला समन्वय समितिका सचिव सागर मिश्रले जानकारि दिनु भयो । 

पूरानो सँरचानमा २३ वटा गाविस रहेको डोल्पा जिल्लामा हाल नयाँ सँरचनामा दुइ नगरपालिका र ६ गाँउ पालिका गरि ८ वटा स्थानिय सँरचनामा परिणत भएको छ । नयाँ सँरचना अनुसार नगरपालिका प्रमूख र गाँउपालिका प्रमूखको जिम्मेवारि पाउने सचिवहरुमा दुनै,माझफाल,जुफाल र रह गाविस गरि दुनै गाविसबाट सेवा प्रबाह हुने गरि ठुली भेरि नगरपालिकामा नगरपालिका कार्यकारि प्रमूख केशव सुनार,त्रिपूराकोट,लिकु,पाहाडा,सूँ र ल्हाँ गाविस समेटेर त्रिपूराकोट गाविसबाट सेवाप्रबाह गर्ने गरि त्रिपूरा सुन्दरि नगरपालिकामा नगरालिका कार्यकारि प्रमूख चन्द्रप्रकाश बुढथापा,धो र तिन्जे गाविस समेटेर धो गाविसबाट सेवाप्रबाह गर्ने गरि डोल्पो बुद्ध गाँउपालिकामा गाँउपालिका कार्यकारि प्रमूख हरि बहादुर मल्ल,साल्दागँ,भिजेर र फोक्सुण्डो गाविस समेटेर साल्दागँ गाविसबाट सेवा प्रबाह गर्ने गरि शे–फोक्सुण्डो गाँउपालिकामा गाँउपालिका कार्यकारि प्रमूख डम्बर बहादुर रोकायालाइ जिम्मेवारि दिइएको छ । 

त्यसैगरि काईगाँउ र रिमी गाविसलाइ समेटेर काईगाँउ गाविसबाट सेवा प्रबाह गर्ने गरि जगदुल्ला गाँउपालिकामा गाँउपालिका कार्यकारि प्रमूख नन्दराज गिरी,कालिका,सर्मि,नर्कु गाविसलाइ समेटेर नर्कु गाविसबाट सेवा प्रबाह गर्ने गरि मुट्केचुला गाँउपालिकामा गाँउपालिका कार्यकारि प्रमुख इन्द्रराज खत्रि,लावन र शहरतारा गाविसलाइ समेटेर शहरतारा गाविसबाट सेवा प्रबाह गर्ने गरि काईके गाँउपालिकामा गाँउपालिका कार्यकारि प्रमूख रामेश्वर ढुँगाना र छार्का र मुकोट गाविसलाइ समेटेर छार्का गाविसबाट सेवा प्रबाह गर्ने गरि छार्का ताङसोङ गाँउपालिकामा गाँउपालिका कार्यकारि प्रमूख कालि बहादुर रोकायालाइ नयाँ सरचन अनुसार काम गर्ने जिम्मेवारि दिइएको छ । 

नयाँ सँरचानको कार्यान्वयन भएसँगै जिल्ला समन्वय समिति,नगरपालिका र गाँउपालिकाको छाप,लेटरप्याड र सबै निकायका साइनबोर्ड पनि आजैबाट परिवर्तन गरिने भएको छ । छाप,लेटरप्याड र कार्यालयका बोर्डहरु परिवर्तन हुने भए पछि सेवाग्राहीहरु मर्कामा परेका छन भने के गर्ने भन्ने बिषयमा कर्मचारि पनि अन्योलमा रहेका छन । सबै कुराहरु नयाँ सँरचना अनुसार नै हुने भएकोले सेवाग्राहिलाइ सेवाप्रबाह गर्न केहि दिन लाग्ने हालका कार्यकारि नगरपालिका प्रमूख र गाँउपालिका प्रमूखहरुले बताउनु भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ