2026-09-18 10:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भूकम्पले भत्किएको विद्यालय पुनर्निर्माण

चैत १, म्याग्दी । म्याग्दीको पाखापानीमा भूकम्पले भत्किएको विद्यालय भवन सोमबार पुनर्निर्माण भएको छ । 

एक विदेशी संस्थाको सहयोगमा मालिका आधारभूत विद्यालयको दुईकोठे कक्षाकोठा भवन पुनर्निर्माण भएको हो । भूकम्पका कारण सो विद्यालयको सातकोठे भवन भत्किएको थियो । अमेरिकाको ग्लोबल न्युटे«सन एन्ड इम्पावरमेन्ट (जिएनआई) संस्थाको रु १२ लाख आर्थिक सहयोगमा पुनर्निर्माण भएको भवनको सोमबार उद्घाटन गरिएको छ । स्थानीयवासीले थप रु एक लाख बराबरको श्रमदान गरेर निर्माण गरेको भवनको संस्थाकी अध्यक्ष म्यारी लङले उद्घाटन गर्नुभयो । 

न्यूरो सर्जन चिकित्सक रहेकी लङले अमेरिकामा स्वयम्सेवकबाट सङ्कलन गरेको रकम भवन पुनर्निर्माणमा सहयोग गरेको र यसबाट विद्यार्थीको पढाइमा सघाउ पुग्ने बताउनुभयो । सो विद्यालयमा जिल्ला शिक्षा कार्यालयको रु १९ लाख ५० हजार अनुदान सहयोगमा अर्को तीनकोठे भवनसमेत पुनर्निर्माण भएको थियो । भूकम्पले भवन भत्किएपछि जिएनआई संस्थाको रु एक लाख ५० हजार सहयोगमा अस्थायी टहरा बनाएर पठनपाठन सञ्चालन गरिएको थियो । 

अझै थप पाँचवटा कोठा भएको भवन आवश्यक रहेको प्रअ खिममाया छन्त्यालले बताउनुभयो । अहिले बालकक्षा ३, ५, ४ र १ कक्षाका विद्यार्थीलाई टहरामा राखेर पढाउने गरिएको छ । 

पानी पर्दा हिलो हुने, घाम लाग्दा पोल्ने, कापी–किताब भिज्ने र चिसो हुने समस्या रहेको विद्यार्थी पुनम पाइजाले बताउनुभयो । चिसो, हिलो, हुरीबतास, चर्को घाममा टिनले पोलेर समस्या भएको र कक्षा ८ सम्मको पठनपाठन हुने सो विद्यालयमा ९० जना विद्यार्थी अध्ययनरत छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई