२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

म्याग्दीको नुन खानी अलपत्र

२०७३, १ चैत्र मंगलवार ०३:४१

चैत १, म्याग्दी । म्याग्दीको शिख–९ कालीगण्डकी किनारमा ४ वर्षअघि पत्ता लागेको नुन खानी अनुसन्धान र उत्खननमा सरकारले चासो नदेखाएपछि अलपत्र परेको छ । 

विसं २०७० मा शिख कालीगण्डकी किनारमा नुनिलो पानीको मुहान फेला परेको थियो । बिरे नुनको गन्ध आउने करिब ५० डिग्री सेल्सियस तापक्रममा नुनिलो पानी निस्कने मुहान भेटिएपछि भूगर्भ विभाग र पुरातत्व विभागमा अनुसन्धानका लागि पठाइएको भएपनि अझसम्म त्यसको रिपोर्ट आउन नसकेको स्थानीयवासीले बताएका छन् । 

चार वर्षअघि तातोपानी कुण्ड संरक्षण गर्ने क्रममा डोजरले खनेर तलाउ बनाउँदा नुनिलो पानीको मुहान भेटिएको संरक्षण समितिका सदस्य पूर्ण पाइजाले बताउनुभयो । असोज–कात्तिकमा पानी जमेर नुन नै बन्ने गरेको पाइजाले बताउनुभयो । नुनिलो तातोपानी अहिले स्थानीयवासीका लागि प्राकृतिक उपचार केन्द्र बन्न थालेको छ । 

नुनपानीमा डुबेपछि घाउ, चोटपटक लागेको र शरीर दुख्ने समस्या निको हुने कुण्डका हेरालु जसबहादुर पाइजाले बताउनुभयो । म्याग्दीका एक दर्जन स्थानमा तातोपानीको मुहान भए पनि यो मुहानबाट निस्कने पानीमा नुनको मात्रा अत्यधिक पाइएको छ । नुन र बिरेनुनको गन्धको मात्रा अत्यधिक रहेकाले सो स्थानमा नुनखानी मात्र नभएर थप स्रोत पनि भेटिन सक्ने स्थानीय बासिन्दाले बताएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ