टेक शाही/चैत्र १, डोल्पा । बिगात ५ बर्ष देखि बालश्रमीक भएर काम गर्दै आएकी १० बर्षे बालिकाको उद्धार गरिएको छ ।
माझफाल वडापालिका ६ स्थायि गर भइ जुफाल वडापालिका ७ मा बस्दै आउनु भएका सुर्बण बुढाको घरमा श्रम गरि रहेकी १० बर्षे बालिकाको प्रहरि द्धारा उद्धार गरिएको छ । दाङ घोराइ स्थाइ घर बताउने सबिना पुन बिगत ५ बर्ष देखि सर्वण बुढाको घरमा बालश्रमको रुपमा काम गर्दै आएकि थिइन ।
राम्रोसँग आफनो स्थायि घर बताउन नँसक्ने सबिनाले सुर्वाण बुढाको घरमा बसेको ५ बर्ष भएको बताछिन भने उता सुर्वण बुढाले भने २ बर्ष मात्र भएको बताउनु भएको छ । उनको खास नाम सबिना पुन भए पनि जुफालको बिद्यालयमा उनको नाम सबिना बुढा राखिएको महिला तथा बालबालिका कार्यालय डोल्पाले जानकारि दिएको छ ।
लामो समय देखि सुर्वण बुढाको घरमा श्रमिकको रुपमा काम गर्दै आएको र आफुलाइ घर जान नँदिए पछि भागेर घर जाने क्रममा कालागौडा प्रहरि चेकपोष्टले उनालइ फेला पारेको थियो । सबिनालाइ फेला पारेपछि प्रहरिले महिला तथा बालबालिका कार्यालयमा पुर्याएको र निरन्तर बालिकाको स्थायि ठेगानाको खोजीमा लागेको र सबै कुरा पत्ता लाग्ने बित्तिकै उनको आफन्तलाइ बुझाउने महिला बिकास अधिकृत भोजकला दवाडिले बताउनु भयो ।
सबिनको आफन्तको पत्तो नँलागे सम्म आफनै साथमा बालिकालाइ राख्ने पनि दवाडी बताउनु भएको छ पहिले बालिकालाइ आफन्तको जिम्मा लगाउने र त्यस पछि कानुनि प्रकृयामा अगाडि बढन्े महिल तथा बालबालिका कार्यालय डोल्पाले जनाएको छ ।