२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा माध्यामिक शिक्षा परिक्षामा ६ हजार २ सय २५ विद्यार्थि सहभागि हुँदै

१ चैत्र २०७३, मंगलवार १५:२४

कमल रावल/चैत १, अछाम । यहि चैत ३ गतेबाट अछाम जिल्लामा सुरु हुने माध्यामिक शिक्षा परिक्षामा ६ हजार २ सय २५ विद्यार्थि परिक्षामा सम्मलित हुने भएका छन । 

विगतका बर्ष झै यस बर्ष पनि २२ वटा केन्द्रहरु बाट सो सख्यामा विद्यार्थिले परिक्षा दिने भएका हुन । जसमा नियमित तर्फ छात्र २ हजार २ सय ५४ छात्रा २ हजार  ३ सय ५८ गरि जम्मा ४ हजार  ६ सय १२ र ईग्जाम्टेड तर्फ छात्र १ सय १ र छात्रा १ सय १० गरि २ सय १३ विद्यार्थि सहभागि हुने भएका छन । 

जसमा जिल्लामा संञ्चालित एक मात्र प्राविधिक विद्यालय मंगला नेरा मावि ओलिगाउबाट प्राविधिक तर्फका ३६ जना र शोडषा मावि मंगलसेनबाट खुल्ला तर्फ २० जना विद्यार्थि परिक्षामा सहभागि हुने जिल्ला शिक्षा कार्यालय अछामका परिक्षा शाखा प्रमुख श्याम बाबु शाहले बताउनु भयो । 

साथै गत वर्षको भन्दा यो वर्ष परिक्षामा सहभागि हुने विद्यार्थिको सख्या पनि कम भएको उहाँले बताउनु भयो । गत वर्ष ७ हजार ६ सय १८ जना विद्यार्थिले परिक्षा दिएका उहाँले जानकारी दिनु भयो । यस वर्ष महेन्द्र मावि बयालपाटाबाट केन्द्रमा २ सय ८१, शोडषा देवि मावि मंगलसेनबाट ३ सय ८७, कात्यानि माबि हात्तिबाझबाट १ सय ७०, विद्या मन्दिर उमावि विनायक क बाट ३ सय १९, ख बाट २ सय ७८, त्रिपुरा सुन्दरी मावि श्रीकोटबाट ३ सय २१, जनता मावि मेल्लेखबाट २ सय ७८, सुर्यचन्द्र मावि कालिमाटीबाट २ सय ९ जना विद्यार्थिले परिक्षा दिने भएका हुन । 

यस्तै अन्नपुर्ण मावि कालागाउबाट २ सय ६७, जाल्पादेवि मावि ढाकु बाट ३ सय १२, कालिकेश्वरी मावि तुर्माखादबाट २ सय ६७, बसुन्धरा मावि थाल्पाटा भैरबस्थानबाट २ सय २६, वेतालमाण्डौँ मावि घुघुरकोटबाट २ सय ८९, सरस्वती मावि जयगढबाट ४ सय १२, कालिका मावि हिच्माबाट २ सय २९, सिद्धेश्वरी मावि धमालीबाट ३ सय ६२, पिपलचौर मावि बगुडाकाट २ सय २२, यशोदा मावि नेटाकोटबाट ३ सय ७७, अष्टसिद्धि मावि ढुंगाचाल्नाबाट २ सय ५१, जनकल्याण मावि मष्टामाण्डौबाट २ सय ८९, मंगला नेरा मावि वलिगाउबाट २ सय २६ र सिउडी मावि चौरपाटी केन्द्रबाट २ सय ५३ जना विद्यार्थिले परिक्षा दिने भएका छन । सब भन्दा धेरै विद्यार्थि सरस्वती मावि जयगढबाट ४ सय १२ र सबै भन्दा कम कात्यानि माबि हात्तिबाझबाट १ सय ७० विद्यार्थि रहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो