चैत २, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका साविकको घार गाविस ३ र ४ मा स्थानीय महिलाको सक्रियतामा मोटरबाटो निर्माण गरिएको छ । 

जिल्लाको अन्य गाउ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका साविकको घार गाविस ३ र ४ मा स्थानीय महिलाको सक्रियतामा मोटरबाटो निर्माण गरिएको छ । 

जिल्लाको अन्य गाउ"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महिलाले खने गाउँसम्म मोटरबाटो

२ चैत्र २०७३, बुधबार ०२:३२

चैत २, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका साविकको घार गाविस ३ र ४ मा स्थानीय महिलाको सक्रियतामा मोटरबाटो निर्माण गरिएको छ । 

जिल्लाको अन्य गाउँमा मोटरबाटो निर्माण गरी स्थानीय उत्पादनले बजार पाइसकेका अवस्थामा आफ्नो क्षेत्रमा भने मोटरबाटो नआएको भन्दै महिला मोटरबाटो निर्माणमा जुटेका हुन् । 

घार आमा समूहमा आबद्ध महिलाले श्रमदान गरेर साविकको ३ नं वडादेखि ४ नं सम्म पुग्ने एक किलोमिटर मोटरबाटो निर्माण गरेका हुन् । 

एक महिनासम्म ६० जनाभन्दा बढी महिलाले श्रमदान गरेर मोटरबाटो निर्माण गरिएको समूहकी अध्यक्ष याममाया पुनले बताउनुभयो । एक जनाले रु एक लाखबराबरको श्रमदान गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो । 

मोटरबाटो निर्माण भएपछि घारका २०० घरधुरी लाभान्वित भएका छन् । अवसर पाए महिलाले पनि सामाजिक क्षेत्रमा योगदान गर्न सक्ने उदाहरण घारका महिलाले प्रस्तुत गरेको स्थानीयवासीले बताएका छन् । 

पूर्व विद्यार्थीद्वारा छात्रवृत्ति कोष स्थापना 

महेन्द्ररत्न मावि बरङ्जाबाट मावि तह उत्तीर्ण गरेका विद्यार्थीले रु चार लाखको छात्रवृत्ति कोष स्थापना गरेका छन् । 

महेन्द्ररत्न उमावि पूर्व विद्यार्थी सङ्घका अध्यक्ष लोकेश पुनमगरले गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति कोष स्थापना गरिएको जानकारी दिनुभयो । पुनका अनुसार कोषलाई बढाएर रु १० लाख पु¥याउने लक्ष्य रहेको छ । 

कोषमा जम्मा भएको रकमको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । यसरी छात्रवृत्ति पाउनेमा कक्षा ६ देखि कक्षा १२ सम्मका गरिब, दलित, जेहेन्दार र जनजाति विद्यार्थी रहने पूर्वविद्यार्थी सङ्घका अध्यक्ष पुनले जानकारी दिनुभयो । 

पुनमगरले आफ्नी स्व बहिनी ओमकुमारी पुन (शान्ति)को सम्झनामा रु एक लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरिदिनुभएको छ । यस विद्यालयबाट एक हजार ५०० भन्दा बढी विद्यार्थीले एसएलसी र २००भन्दा बढीले दसजोड दुई उत्तीर्ण गरिसकेका विद्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु