पढ्न करिब 2 मिनेट लाग्छ

चैत २, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका साविकको घार गाविस ३ र ४ मा स्थानीय महिलाको सक्रियतामा मोटरबाटो निर्माण गरिएको छ ।

जिल्लाको अन्य गाउँमा मोटरबाटो निर्माण गरी स्थानीय उत्पादनले बजार पाइसकेका अवस्थामा आफ्नो क्षेत्रमा भने मोटरबाटो नआएको भन्दै महिला मोटरबाटो निर्माणमा जुटेका हुन् ।

घार आमा समूहमा आबद्ध महिलाले श्रमदान गरेर साविकको ३ नं वडादेखि ४ नं सम्म पुग्ने एक किलोमिटर मोटरबाटो निर्माण गरेका हुन् ।

एक महिनासम्म ६० जनाभन्दा बढी महिलाले श्रमदान गरेर मोटरबाटो निर्माण गरिएको समूहकी अध्यक्ष याममाया पुनले बताउनुभयो । एक जनाले रु एक लाखबराबरको श्रमदान गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो ।

मोटरबाटो निर्माण भएपछि घारका २०० घरधुरी लाभान्वित भएका छन् । अवसर पाए महिलाले पनि सामाजिक क्षेत्रमा योगदान गर्न सक्ने उदाहरण घारका महिलाले प्रस्तुत गरेको स्थानीयवासीले बताएका छन् ।

पूर्व विद्यार्थीद्वारा छात्रवृत्ति कोष स्थापना

महेन्द्ररत्न मावि बरङ्जाबाट मावि तह उत्तीर्ण गरेका विद्यार्थीले रु चार लाखको छात्रवृत्ति कोष स्थापना गरेका छन् ।

महेन्द्ररत्न उमावि पूर्व विद्यार्थी सङ्घका अध्यक्ष लोकेश पुनमगरले गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति कोष स्थापना गरिएको जानकारी दिनुभयो । पुनका अनुसार कोषलाई बढाएर रु १० लाख पु¥याउने लक्ष्य रहेको छ ।

कोषमा जम्मा भएको रकमको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । यसरी छात्रवृत्ति पाउनेमा कक्षा ६ देखि कक्षा १२ सम्मका गरिब, दलित, जेहेन्दार र जनजाति विद्यार्थी रहने पूर्वविद्यार्थी सङ्घका अध्यक्ष पुनले जानकारी दिनुभयो ।

पुनमगरले आफ्नी स्व बहिनी ओमकुमारी पुन (शान्ति)को सम्झनामा रु एक लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरिदिनुभएको छ । यस विद्यालयबाट एक हजार ५०० भन्दा बढी विद्यार्थीले एसएलसी र २००भन्दा बढीले दसजोड दुई उत्तीर्ण गरिसकेका विद्यालयले जनाएको छ । रासस