२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगारका लागि खाडी मुलुकमा घुम्ती शिविर सञ्चालन

२ चैत्र २०७३, बुधबार १६:३८

चैत २, काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा गएका कामदारको समस्या समाधान गर्न खाडी मुलुक र मलेसियामा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । 

शिविरमा राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, श्रम सम्झौताको करार अवधि नवीकरण, बिमा नवीकरण, कल्याणकारी कोषको रकम थप लगायत काम गरिनेछ । गत फागुन २३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले वैदेशिक रोजगारीको समस्या समाधान गरी प्रतिवेदन तयार पार्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव टङ्कमणि शर्माको संयोजकत्वमा कार्यदल गठन गर्नुभएको थियो । 

कार्यदलमा गृह, परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयका सहसचिव सदस्य छन् । प्रधानमन्त्रीले शिविर सञ्चालन गरेर भए पनि कामदारको समस्या समाधान गर्न कार्यदललाई निर्देशन दिनुभएको थियो । 

कार्यदलले शिविर सञ्चालन गर्न आवश्यक प्रक्रिया सुरु गरेको कार्यदलका आमन्त्रित सदस्य सुशील ढुङ्गानाले जानकारी दिनुभयो । कुवेत, साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान र मलेसिया लगायतका नेपालीको प्रमुख गन्तव्य मुलुकका विभिन्न सहरमा पुगेर शिविरले कामदारका लागि सहजीकरण गर्नेछ । 

विदेशमा अवैधानिक रुपमा बसिरहेका नेपालीलाई वैधानिक बनाउन तथा त्यहाँ कार्यरत नेपालीको समस्या पहिचान गर्न शिविरले काम गर्ने अपेक्षा गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य