2026-09-19 06:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालोपत्रे भएको दुई बर्ष नपुग्दै सडकमा खाल्डै खाल्डा

चैत्र ४, बझाङ | कालो पत्रे सकेर डिभिजन सडक कार्यालयलाई हस्तान्तरण नगर्दै जयपृथ्वी राजमार्ग अन्तर्गतको सडकखण्ड बिग्रिएको छ । बैतडीको खोड्पे देखि बझाङको चैनपुर जोड्ने सडकको अधिकांश ठाउँको पिच काम नलाग्ने गरी बिग्रेको छ । 

सडक कालोपत्रे गर्ने जिम्मा पाएका कम्पनिहरुको लापरवाहिले सडकमा ठुला ठुला खाल्डा परेर यात्रा गर्न असजिलो भएको छ ।  कतिपय ठाउँमा सडकमै पानी जम्ने भए पछि यात्रुहरूले निकै सास्ती व्यहोनुपरिरहेको छ । विश्व बैंकको आर्थिक सहयोगमा करिब ३० करोडको लागतमा कालोपत्रे गरिएको उक्त सडकको बागथलादेखि झोतासम्म लुम्बीनी र लोहनी निर्माण सेवा, झोतादेखि तमैलसम्म कालिका र याक्थुहाङ निर्माण कम्पनी र तमैलदेखि भोपुरसम्म लामा र गोल्डेन गुड निर्माण कम्पनीले कामको जिम्मा लिएका थिए । सडक मर्मत हुन नसक्दा यात्रुले भनेको समयमा आफ्नो गन्तव्यमा पुग्न सकेका छैनन । कच्ची बाटोमा जस्तै गाडी हल्लिने भएकाले बिरामीहरूलाई यात्रा गर्न निकै दुख हुने गरेको स्थानिय बसन्त प्रताप सिंहको भनाई छ । सडक समानान्तरमा निर्माण भएका सिँचाई कुलोहरूबाट चुहिएर सडकमा आउने र  विभिन्न शाखा सडक निर्माण गर्दा खसेको ढुंगा र माटोले पनि सडकमा खाल्डाखुल्डी भएका छन । सडकमा खाल्डा परेर यात्रा गर्नै नसकिने र बाटो राम्रो नभएका कारण ठाउँ ठाउँमा गाडी बिग्रनृ गरेको चालकहरु बताउछन् । 

खाल्डाखुल्डीका कारण चालकले जति होसियार अपनाए पनि गाडि दुर्घटनाको भए हुने गरेको छ ।  २ वर्ष अघि बागथला देखि चैनपुरसम्मको ४६ किलोमिटर गरिएका सडकको कालोपत्र प्रायजसो उप्किसकेको छ । ओटासिल प्रविधिमा आधारित यस सडकखण्डको कालोपत्रे गर्ने काम गुणस्तरहीन भएका कारण छिटो बिग्रिएको स्थानीयको आरोप छ । सडकको गुणस्तर राम्रो बनाउनु भन्दा पनि छिटो काम सकेर मुनाफा कमाउन पल्केका ठेकेदार र कमिसन खान पल्केका आयोजना कार्यालय कर्मचारीहरु का कारण यस्तो अवस्था आएको बझाङ सार्वजनिक यातायात व्यवसायि संघका अध्यक्ष नरेन्द्र खडका को भनाई छ । बागथला देखि चैनपुर सम्मको सडक खण्ड सेती लोकमार्गको उत्तर खण्ड चैनपुर ताक्लाकोट सडक योजनामा गाभिएकाले सडक हस्तान्तरण गर्ने भईरहेको बझाङको डिभिजन सडक कार्यालयलाई पनि हेरिरहनु भएका डिभिजन सडक कार्यालय बैतडिका प्रमुख ललिजन खनालको भनाई छ । डिभिजन सडक कार्यालयलाई हस्तान्तण भइसकेपछि सडक मर्मत सम्भारको काम अगाडि बढाउनुका साथै नियमित मर्मत सम्भार हुने भएको छ । योजना कार्यालयमा सडक बोर्डले रकम नदिने र नियमित मर्मत सम्भारका लागि कर्मचारीहरूको व्यवस्था नभएका कारण छिट्टै सडक बिग्रिएको डिभिजन सडक कार्यालयका प्रमुख खनालको भनाइ छ । 

बझाङका ग्रामिण क्षेत्रहरुमा सवारी साधन चल्न थाले पछि दैनिक २ सय भन्दा बढि सरकारी, गैरसरकारी, निजि तथा सार्वजनिक यातायातका सवारी साधनहरु जिल्ला भित्रिने र बाहिरिने गरेका छन् । जिल्लाका विभिन्नसंघ संस्था र सरकारस् कार्यालयका सवारी साधनहरु पनि सोहि सडक भएर गुडने गरेका छन् तर सरोकारवालाहरु मौन बसेका छन् । सडकको ममर्त कार्य हुन नसक्दा जोखिपुर्ण यात्रा गर्न बाध्य भए पनि हाल सम्म पनि कसैको ध्यान जान सकेको छैन । – मकरराज धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई