2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रदेश नम्बर ७ का सबै गाउँपालिकामा कार्यकारी अधिकृत, कुन गाउँपालिकाको को परे ? (नामावली सहीत)

ललित बोहरा | चैत्र ४, डडेलधुरा | सरकारले सबै गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ । स्थानीय चुनावको लागि आवश्यक काम समेत गर्नेगरी ४८१ वटै गाउँपालिकामा कार्यकारी अधिकृत खटाइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

सोही अनुसार प्रदेश नम्बर ७ का ५४ वटै गाउँपालिकाहरुमा कार्यकारी अधिकृत खटाईएको छ । प्रदेश नम्बर सातका ५४ वटा गाउँपालिका मध्ये दुई वटामा अर्को व्यवस्था नहुन्जेल सम्मका लागि सम्बन्धित जिल्लाका जिल्ला समन्वय समितिबाट तोके बमोजिम नै निमित्त कार्यकारी अधिृकत खटाईएको छ । मन्त्रालयले गाउँपालिकामा काजमा अधिकृतहरु खटाएको हो ।

मन्त्रालयले पाँच गाउँपालिका भएको बाजुरामा काजमा नयाँ कार्यकारी अधिकृत खटाएको छ । स्वामीकार्तिकमा बैकुण्ठ पौडेल, हिमालीमा जीवन कुँवर, गौमुलमा भरत कडेंल, पाण्डवगुफामा जनक रेग्मी र छेडेदह गाउँपालिकामा अच्यत दाहाल पठाईएको छ ।

यस्तै उता बझाङको काँडा गाउँपालिकामा जिल्ला समन्वय समितिबाटै तोकिएका निमित्त कार्यकारी अधिकृत खटाईएको छ । बझाङका अन्य गाउँपालिकामा भने नयाँ कार्यकारी अधिकृत खटाईएको छ । तलकोटमा शिशिर रिजाल, खप्तडछान्नामा मार्सल कुमारी ओली, थलारामा मार्सल पन्त, बित्थडचिरमा दुर्गाप्रसाद खनाल, सूर्मामा मोहन सिंह दर्जी, छबिसपाथिभेरामा चन्द्रप्रकाश बस्नेत, दुर्गाथलीमा जीवन निरौला, मष्टामा करुणाकर पन्त । केदारस्युँ गाउँपालिकामा पिताम्बर सारुलाई खटाईएको छ ।

यसैगरी उता डोटीको पूर्वीचौकीमा शम्शेर बहादुर राई, बडीकेदारमा गणेश तामाङ, जोरायलमा राइमण्ड थापामगर, सायलमा रमेश विश्वकर्मा(सुनार), आदर्शमा दिलमान शाक्य, केआईसिंमा सिद्धराज शर्मा र बोगटानमा सम्झना लामिछाने खटाईएको छ ।

उता अछामको बान्नीगढी जयगढमा नवराज वली, चौरपाटीमा निरञ्जन पाख्रिन, मेल्लेखमा सुरेश बाबु रावल, रामारोशनमा प्रमोद तिमल्सिना, ढकारीमा उज्वल भुसाल र तुर्माखाँद गाउँपालिकामा दिपिका सिटौला खटाईएको छ ।

यसगरी उता दार्चुलाको अपिहिमालमा सुरेन्द्र सिंह, दुहुँमा बाबुराम पन्ती, नौगाढमा मोहन सिंह धामी, मार्मामा तारानाथ पनेरु, लेकममा दिपक कुमार नेपाली, मालिकार्जुनमा सन्तोष कुमार भट्ट र व्यास गाउँपालिकामा गोन्दि केसी पठाईएको छ ।

यस्तै बैतडीको सुर्नयामा प्रदिप कुमार खड्का खटाईएको छ भने सिगासमा जिल्ला समन्वय समितिबाट तोकिएका निमित्त कार्यकारी अधिकृतलाईलाई खटाईएको छ । त्यस्तै शिवनाथमा कमल प्रसाद भट्टराई, दोगडाकेदारमा सुमन भट्टराई, पञ्चेश्वरमा सूर्य प्रसाद शर्मा र डीलासैनी गाउँपालिकामा दिनेश शर्मालाई खटाईएको मन्त्रालयले जनाएको छ ।

यसैगरी यता डडेल्धुराको आलितालमा गुरुप्रसाद पौडेल, भागेश्वरमा लोकेन्द्र सिंह नेगी, नवदुर्गामा ईन्द्र पन्त, अजयमेरुमा खेमराज पौडेल र गन्यापधुरा गाउँपालिकामा बद्रीनाथ सापकोटालाई काजमा खटाईएको छ ।

यसैगरी कञ्चनपुरको बेलझाडीमा धर्मराज जोशी र लालझाडी गाउँपालिकामा प्रेम बहादुर सिंहलाई खटाईएको छ ।

उता कैलालीको जानकीमा कर्म बहादुर कठायत, बर्दगोरीामा हिरालाल भण्डारी, मोहन्यालमा गणेश दत्त ओझा, कैलारीमा शर्मिला लामिछाने, जोशीपुरमा दशरथ ओड र चुरे गाउँपालिकामा चित्र कुमारी कठायतलाई खटाईएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना लिएर हाजिर हुन सम्बन्धित अधिकृतहरुलाई निर्देशन समेत दिएको छ । साथै स्थानीय तहको निर्वाचनको तयारी तथा व्यवस्थापनमा सहयोग गर्न खटाईएका कार्यकारी अधिकृतलाई मन्त्रालयको अनुरोध पनि गरेको छ ।

नवगठित नगरपालिकामा आगामी शुक्रबारसम्म कार्यकारी अधिकृत तोकिने मन्त्रालयले जनाएको छ । यसअघिदेखि नै कायम रहेका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा पुरानै कार्यकारी अधिकृतले काम गर्नेछन् । अर्थ मन्त्रालयले बुधबार सात सय ४४ वटै स्थानीय तहलाई कार्यालय स्थापनाका लागि एक÷एक करोड रुपैयाँ विनियोजन गरिसकेको छ । बजेटमध्ये ८० लाख पुँजीगत खर्च र २० लाख रुपैयाँ चालु खर्च गर्न सकिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई