पर्वत । स्थानीय विकास मन्त्रालयले मुलुकका पाँच उपमहानगर सहित १७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको छ । यसैक्रममा बागलुङका चार, पर्वतका दुई र म्याग्दीको १ गरी ७ नगरपालिकाहरुमा निम्नानुसार कार्यकारी अधिकृतहरु खटिएका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । स्थानीय विकास मन्त्रालयले मुलुकका पाँच उपमहानगर सहित १७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको छ । यसैक्रममा बागलुङका चार, पर्वतका दुई र म्याग्दीको १ गरी ७ नगरपालिकाहरुमा निम्नानुसार कार्यकारी अधिकृतहरु खटिएका "/>
2026-09-19 10:58 PM
अर्थ/विकास

पर्वत, बागलुङ, र म्याग्दीका नगरपालिकामा को को खटिए अधिकृत ?

पर्वत । स्थानीय विकास मन्त्रालयले मुलुकका पाँच उपमहानगर सहित १७८ नगरपालिकाका लागि कार्यकारी अधिकृत खटाएको छ । यसैक्रममा बागलुङका चार, पर्वतका दुई र म्याग्दीको १ गरी ७ नगरपालिकाहरुमा निम्नानुसार कार्यकारी अधिकृतहरु खटिएका छन् ।

बागलुङ जिल्लाका बागलुङ, गल्कोट, ढोरपाटन र जैमिनी नगरपालिकाहरुमा क्रमश सुवास कुमार लामिछाने, प्रदिपचन्द्र सुवेदी, रामप्रसाद आचार्य र विष्णुप्रसाद सुवेदी कार्यकारी अधिकृत रहेका भने पर्वत जिल्लाको कुस्मा नगरपालिकामा हिरामणी सुवेदी र फलेवास नगरपालिकामा मोतिराम सापकोटा खटिएका छन् । उता म्याग्दी जिल्लाको एकमात्र बेनी नगरपालिकामा विश्वामित्र कुईँकेल कार्यकारी अधिकृतमा आउने भएका छन् ।

बागलुङ जिल्लाका ६ गाउँ पालिकाहरुमा मन्त्रालयले अधिकृत खटाएको छ । जस अनुसार ताराखोला शान्ति पौडेल, काठेखोला सीतादेवी न्यौपाने, बरेङ बैकुण्ठ पौडेल, बडीगाड विनोद कुमार कोईराला, निसीखोला सन्जय अधिकारी र तमान खोला खिमबहादुर बिक अधिकृत खटिएका छन् । 

पर्बत जिल्लाका जलजला गापामा सिता पोख्रेल अर्याल ,मोदी गाउँपािलकामा कुमान सिह गुरुङ , बिहादी गाउँपालिकामा चन्द्र देव जोशी ,पैयूँ गाउँपालिकामा कल्पना खनाल बस्नेत ,माहासिला गाउँपालिकामा बष्णु माया ढकाल अधिकृत खटिएका छन् ।

स्थानीय तहको कार्यन्वयनमा आएसागै धौलागिरीका विभिन्न जिल्लामा आन्दोलनहरु शुरु भएका छन् । पर्वतको जलजलाका बासिन्दा हप्ता दिनदेखि आन्दोलनमा होमिएका छन् भने म्याग्दीमा पनि आन्दोलन चरिरहेको छ । त्यस्तै मुस्ताङमा पनि आन्दोलन चर्किएको छ । स्थानीय तह कार्यन्वयनमा आउनु सकरात्मक भएता पनि तोकिएको गाउँपालिकाको केन्द्र शक्ति र पहुँचका आधारमा भएको भन्दै मध्यभागमा केन्द्र कायम गरिनुपर्ने भन्दै स्थानीयबासी आन्दोलित भएका हुन । 

पर्वतमा चरणबद्ध आन्दोलनमा जुटेका जलजला गाउँपालिकाका बासिन्दाहरुले गाउँपालिकाको काम कारवाही ठप्प पार्ने चेतावनी दिदै आएका छन् । स्थानीय तह नागरिकलाई सास्ती दिनको लागि नभर्ई सेवा र पहुँच विस्तार गर्नको लागि भएको तर शक्तिको भरमा जनतालाई थप मारमा पार्न खोजिएको भन्दै उनीहरु आन्दोलनमा होमिएका हुन् ।

पर्वतको मोदी गाउँपालिकाको केन्द्र देउपुर गाविसको गाविस भवनमा तोकिएता पनि अन्य ६ गाउँ विकास समितिका बासिन्दाहरुले विरोध जनाइरहेका छन् । राजनीतिक दलहरुले पनि त्यसको चर्को विरोध गर्दै केन्द्र नागरिकहरुको पहुँच पुग्ने र सहज ठाउँमा राख्नुपर्नेमा जोड दिदै आइरेहका छन् । 

यता विहादी गाउँपालिकामा पनि केन्द्रको विवाद कायम छ । कुर्घा ८ र ९ वडाका बासिन्दाहरु आफूलाई टुक्राएर नगरपालिका बाहिर लगिएको भन्दै त्यसको विरोधमा उत्रिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो