Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत ०७ गते, बिहान ११:४८ बजे प्युठान - PTN, बिशेष खबर

राष्ट्रपतीसंग सहयोगको आस,मदन आश्रित जग्गा अलपत्र

By kit 7 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

सलिम अन्सारी/चैत ७, प्युठान । घरअघिको खालि जग्गा तिर हेर्दा फोर्साबाङका इस्माइल मियाको मन कुडिएंर आउछ ।

बस्तिभित्रको मनोरम स्थानमा रहेको उक्त जग्गामा मदन-आश्रीतको संझनामा भौतिक संरचना निर्माण गर्ने भनिएपनी  कहिकतैबाट पहल नगरिदा  उनलाई दुख लागेको हो । मदन आश्रित स्मृति प्रतिष्ठानको जग्गा यहाँ गौचरणमा परिणत भएको छ ।

दुई दशकअघि यस क्षेत्रमा रहेको सुकुम्बासी समस्या सामाधान गर्न सुकुम्बासी समस्या समाधान आयोगले भूमिहीनलाई जग्गा उपलब्ध गराउँदा १३ रोपनी जग्गा मदन आश्रित स्मृति प्रतिष्ठानको नाममा छुट्टाएको थियो । जिल्लाको दक्षिणी क्षेत्र बाङ्गेसाल गाविस–२ फोर्सावाङमा रहेको जग्गा  प्रयोगविहीन भएको हो । लामो समय देखि प्रयोगबिहिन जग्गा उपयोगमा ल्याउन कसैले चासो नदिएको स्थानियको गुनासो छ ।

आयोगले मदन आश्रित स्मृतिमा भौतिक संरचना निर्माण गर्न जग्गा उपलब्ध गराए पनि प्रतिष्ठानको जग्गामा अहिलेसम्म कुनै काम अगाडि बढेको छैन । तत्कालिन अबस्थामा रकम उपलब्ध नहुदा देश बहुदलिय अबस्था हुँदै गणतन्त्रात्मक अबस्थामा आइपुग्दा पनि उक्त जग्गामा भौतिक संरचनाका कुनै काम अघि बढ्न नसकेको हो ।

यति बेला स्थानियले राष्ट्रपती बिद्यादेवी भण्डारीसंग समेत सहयोगको आस गरेका छन । एमालेका तत्कालिन महासचिब मदन भण्डारीकि धर्म पत्नी देशकै उच्च ओहदामा आशिन भएकै बखत यहाँ मदनको स्मृतिमा भौतिक पुर्बाधारको काम अघि बढ्नेमा स्थानियको आस छ।"राष्ट्रपतीले यहाँ  रकम बिनियोजन गर्न पहल गर्दी दिए हुन्थ्यो"स्थानिय पप्पु बिकले भने,'हामी भवन बनाउने थियौँ " बर्षौ बित्यो जग्गा अलपत्र छ ।"

राष्ट्रपतीले मदन- आश्रीतको संझनाका लागि पनि यो जग्गा प्रयोगमा ल्याउन पहल गर्नुपर्ने बिकको भनाइ छ । २०७०को संविधान सभाको निर्बाचनबाट एमालेका केन्द्रीय उपाअद्यक्ष बामदेव गौतम सहित ३ जनाले  संसदमा प्रतिनिधित्व जनाउँदा समेत यहाँ कुनै काम अघि नबढेकोमा स्थानियको गहिरो दुखेसो छ ।

बाङ्गेसालमा २३ वर्षदेखि बेवारिसे अवस्थामा रहेको जग्गालाई स्थानीय सुकुम्बासीले पर्यटकियस्थलका रुपमा बिकास गर्नुपर्ने माग गरेका छन् । तत्कालीन समयमा जिल्लाबाट राष्ट्रिय सभा सदस्य वीरबहादुर सिंहको पहलमा संसद् विकास कोषबाट रकम निकासा गरी तारबार र सिमेन्टको खम्बा गाड्ने काम भए पनि अहिले सबै जीर्ण अवस्थामा पुगेको छ ।

“हालसम्म संरचना नबन्दा जग्गामा गरिएको तारबार चुँडाएर स्थानीयवासीले गाईबाख्रा चराउन थालेका छन् ।” सुकुम्बासी अगुवा इस्माइल मियाँले भने–“यसलाई या त सार्वजनिक हितका लागि प्रयोग गर्नुपर्छ ।” सो जग्गामा प्रतीक्षालय, बस पार्क र सभागृह बनाउने दीर्घकालीन योजना थियो ।

यहाँको दीर्घकालीन योजनाको कार्यान्वयन र भौतिक पूर्वाधार विकासका लागि जिल्लास्तरबाट सरोकारवालाले पहल गर्नुपर्ने सुकुम्बासी अगुवा मियाँले बताए । घनाबस्तीको केन्द्रबिन्दुमा जग्गा भएकाले पनि स्थानियका लागि घुमघाम गर्ने उपयुक्त थलो बनने उनको भनाइ छ ।

बिस २०५२ सालमा सुकुम्बासी आयोगले मुलुकभरका भुमिहिनलाइ प्रतिपरिवार ५ रोपनिका दरले जग्गा उपलब्ध गराएको थियो।बितरण गरेर बाँकी रहेको जग्गा मध्ये अहिल पनि यहाँ ५० रोपनी भन्दा बढी जग्गा अलपत्र छ।सुकुम्बासी आयोगबाट जग्गा पाएपछी समबन्धित मोहि भोगचलन गर्न न आउदा उक्त जग्गा अलपत्र परेको हो।दुई दशक अघि स्वर्गीय हरि बहादुर केसि अद्यक्ष रहेको सुकुम्बासी समस्या सामाधान आयोगले जिल्लाको बाङ्गेसाल र बर्जिबाङ स्थित चाल्नेटारमा गरि झन्डै २ सय ७५ भुमिहिनलाइ जग्गा उपलब्ध गराएको थियो ।