Skip to content
Friday, July 17, 2026 Nepali Online Media

तीन वर्षमा ७१ हजार मतदाता थपिए

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत ८, धनगढी । कैलालीमा तीन वर्षको अवधिमा ७१ हजार २३८ नयाँ मतदाता थपिएका छन् ।

विसं २०७० मा भएको संविधान सभाको दोस्रो निर्वाचनमा जिल्लामा तीन लाख ३३ हजार ६६१ मतदाता रहेको थिए । अहिले उक्त सङ्ख्या चार लाख चार हजार ८९९ पुगेको क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनको तयारीका क्रममा निर्वाचन कार्यालयले जिल्लाका २३२ ठाउँमा मतदानस्थल तोकिसकेको छ । विसं २०७० मा भएको संविधान सभा निर्वाचनमा जिल्लाभरी २१७ वटा मतदानस्थल तोकिएको थियो ।

कार्यालयले आगामी केही दिनमा मतदाता शिक्षा प्रशिक्षक तालिमका साथै सामग्री व्यवस्थापनलगायत तालिम प्रदान गर्न लागेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद अर्यालले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचन धनगढी उपमहानगरपालिका, टिकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, गौरीगङ्गा नगरपालिका, गोदावरी नगरपालिका तथा जानकी, बर्दगोरिया, मोहन्याल, कैलारी, जोशीपुर र चुरे गाउँपालिकामा हुनलागेको हो ।

साविकमा कैलालीमा एक (धनगढी) उपमहागरपालिका, पाँच नगरपालिका र २८ गाविस रहेकोमा नयाँ संरचनामा एक उपमहानगरपालिका (धनगढी), छवटा नगरपालिका र छवटा गाउँपालिकामा विभाजन गरिएको छ । रासस