2026-10-18 04:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

किसानलाई मौरीपालन तालिम

चैत ९, तेह्रथुम । व्यवसायिक रुपमा मौरीपालन व्यवसाय गरिरहेका जिल्लाका किसानलाई कृषि कार्यालयले तालिम दिएको छ । 

मौरीपालन सम्बन्धी आधारभूत ज्ञानदेखि आधुनिक कृषि प्रविधिबाट मौरीपालन व्यवसाय गर्न किसानलाई कार्यालयले तीन दिनसम्म तालिम दिएको हो । 

तालिममा सहभागी अगुवा मौरीपालक किसानलाई मौरीपालन परिचय, मौरीका जात, प्रविधि, परम्परागत घार र आधुनिक घारमा फरक तथा प्रयोगका फाइदा बेफाइदा, व्यवसायिक मौरीपालन गर्दा ध्यान दिनुपर्ने कुराहरु, मह उत्पादन तथा बजारीकरण लगायत विषयमा मौरीपालक अगुवा किसान तथा बसन्तपुर मौरीपालन श्रोत केन्द्रका श्रोत व्यक्ति चन्द्र कार्की र लक्ष्मी विकिपिङ इलामका लक्ष्मी दाहालले प्रशिक्षण गरेका थिए ।

जिल्ला कृषि विकास कार्यालयले सन्चालन गरेको सो तालिममा जिल्लाका दुई नगरसहित चार वटै गाउँपालिका क्षेत्रभित्रका २० जना किसानहरु सहभागी थिए । किसानलाई मौरीपालनबारे ज्ञान दिई मौरीपालनको व्यवसायिकतामा वृद्धि तथा अर्थोपार्जनमा सहयोग पु¥याउन तालिम आयोजना गरिएको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु