सास/चैत ९, बैतडी । बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रका स्थानीयले स्वास्थ्य सेवामा गरेको प्रगतीले लोकप्रिय बनेका डक्टर गुणराज अवस्थीलाई भोट दिने इच्छ्या रहे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सास/चैत ९, बैतडी । बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रका स्थानीयले स्वास्थ्य सेवामा गरेको प्रगतीले लोकप्रिय बनेका डक्टर गुणराज अवस्थीलाई भोट दिने इच्छ्या रहे"/>

2026-06-23 07:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

बैतडीका स्थानीयले भने- नेतालाई होईन, डक्टर अवस्थीलाई भोट दिन्छौ

2017-03-22


सास/चैत ९, बैतडी । बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रका स्थानीयले स्वास्थ्य सेवामा गरेको प्रगतीले लोकप्रिय बनेका डक्टर गुणराज अवस्थीलाई भोट दिने इच्छ्या रहेको बताएका छन् ।

सुरक्षित प्रसुति सेवा केन्द्र उद्घाटन समारोहमा भेला भएका स्थानीयले यस्तो इच्छ्या व्यक्त गरेका हुन् । पाँच वर्षमा डक्टर अवस्थीले जिल्लाको स्वास्थ्य सेवा सुधारमा उल्लेख्य भुमिका निर्वाह गरेकाले विकासका लागि डक्टर अवस्थी वा त्यस्तै आफ्नो जिम्मेवारीप्रति क्रियासिल व्यक्तिलाई भोट दिने आफुहरुको इच्छ्या रहेको उनिहरुको भनाई छ ।

समय, क्रियासिलता, प्रशासन, सेवा प्रवाह लगायतका विषयमा उदाहरणीय बनेका अवस्थीको जिल्ला भरी प्रसंसा गर्नेको कमि छैन् । “आफुहरुले धेरै पटक भएका निर्वाचनमा धेरैलाई जितायौँ तर गाँउको विकास सोचेजस्तो भएन” स्थानीय अम्बीका चाँडले भने ।


“डक्टर अवस्थीले आफुहरुको गाँउमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति गरेकाले भोट दिने इच्छ्या त थियो तर के गर्ने उहाँ नेता पर्नुभएन” चाँडले दोहोर्याए ।

अहिले डक्टर अवस्थीले जिल्लाको स्वास्थ्य सेवा प्रवाह र विषेश गरी सुत्केरी व्यथाका कारण कोही पनि महिलाले अकालमै ज्यान जोखिममा पार्नु नपरोस भनेर दुर्गमका गाँउ–गाँउमा सुरक्षित प्रसुति सेवा केन्द्र संञ्चालनमा तिब्रता दिनुका साथै जिल्लालाई पुर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने अभियानलाई तिब्र पारेका छन् ।

महिलाहरुको प्रजनन स्वास्थ्य, सुरक्षित प्रसुति, अल्ट्रासाउन्ड लगायतका सेवाहरु गाँउमै गएर दिने भएकाले महिलाहरुले डक्टर अवस्थीको खुलेरै प्रसंसा गर्दछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपाद्वारा विधान संशोधन गरी पार्टीलाई थप समावेशी बनाउने निर्णय स्रोत नखुलेको ११ लाख रूपैयाँ नगदसहित एक जना पक्राउ अब नयाँ राष्ट्रपति बाबुराम भट्टराई बन्न सक्छन् : हर्क साम्पाङ टिपर दुर्घटनामा चालकको मृत्यु निर्धारित समयमा सुरु भएन रास्वपाको बन्दसत्र पछिल्लो २४ घण्टामा ट्राफिक कारबाहीबाट १० लाख ५३ हजार ५१० राजस्व सङ्कलन सुनचाँदीको मूल्य बढ्यो हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत