सास/चैत ९, बैतडी । बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रका स्थानीयले स्वास्थ्य सेवामा गरेको प्रगतीले लोकप्रिय बनेका डक्टर गुणराज अवस्थीलाई भोट दिने इच्छ्या रहे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सास/चैत ९, बैतडी । बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रका स्थानीयले स्वास्थ्य सेवामा गरेको प्रगतीले लोकप्रिय बनेका डक्टर गुणराज अवस्थीलाई भोट दिने इच्छ्या रहे"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

बैतडीका स्थानीयले भने- नेतालाई होईन, डक्टर अवस्थीलाई भोट दिन्छौ

९ चैत्र २०७३, बुधबार ०६:०९


सास/चैत ९, बैतडी । बैतडीको दुर्गम तल्लोस्वराड क्षेत्रका स्थानीयले स्वास्थ्य सेवामा गरेको प्रगतीले लोकप्रिय बनेका डक्टर गुणराज अवस्थीलाई भोट दिने इच्छ्या रहेको बताएका छन् ।

सुरक्षित प्रसुति सेवा केन्द्र उद्घाटन समारोहमा भेला भएका स्थानीयले यस्तो इच्छ्या व्यक्त गरेका हुन् । पाँच वर्षमा डक्टर अवस्थीले जिल्लाको स्वास्थ्य सेवा सुधारमा उल्लेख्य भुमिका निर्वाह गरेकाले विकासका लागि डक्टर अवस्थी वा त्यस्तै आफ्नो जिम्मेवारीप्रति क्रियासिल व्यक्तिलाई भोट दिने आफुहरुको इच्छ्या रहेको उनिहरुको भनाई छ ।

समय, क्रियासिलता, प्रशासन, सेवा प्रवाह लगायतका विषयमा उदाहरणीय बनेका अवस्थीको जिल्ला भरी प्रसंसा गर्नेको कमि छैन् । “आफुहरुले धेरै पटक भएका निर्वाचनमा धेरैलाई जितायौँ तर गाँउको विकास सोचेजस्तो भएन” स्थानीय अम्बीका चाँडले भने ।


“डक्टर अवस्थीले आफुहरुको गाँउमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति गरेकाले भोट दिने इच्छ्या त थियो तर के गर्ने उहाँ नेता पर्नुभएन” चाँडले दोहोर्याए ।

अहिले डक्टर अवस्थीले जिल्लाको स्वास्थ्य सेवा प्रवाह र विषेश गरी सुत्केरी व्यथाका कारण कोही पनि महिलाले अकालमै ज्यान जोखिममा पार्नु नपरोस भनेर दुर्गमका गाँउ–गाँउमा सुरक्षित प्रसुति सेवा केन्द्र संञ्चालनमा तिब्रता दिनुका साथै जिल्लालाई पुर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने अभियानलाई तिब्र पारेका छन् ।

महिलाहरुको प्रजनन स्वास्थ्य, सुरक्षित प्रसुति, अल्ट्रासाउन्ड लगायतका सेवाहरु गाँउमै गएर दिने भएकाले महिलाहरुले डक्टर अवस्थीको खुलेरै प्रसंसा गर्दछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य